खाडीमा घरेलु कामदार खुलाउने बिषय मा ‘स्वार्थ समुह’को नभई ‘जनमतको कदर’ होस

बिहिबार, फाल्गुन २२, २०७६

श्री कृष्ण श्रेष्ठ 'धौबजी'

खाडीमा घरेलु कामदार खुलाउने बिषय मा ‘स्वार्थ समुह’को नभई ‘जनमतको कदर’ होस

 संसदीय समिति को ध्यानाकर्षण होवोस.......

खाडी मुलुकहरु मा बैधानिक रुपमा घरेलु महिला कामदार खुलाउने/नखुलाउने भन्ने बहस नयाँ नौलो रहेन

पछिल्लो समय अनेकन कलेवरमा यो बहस ले स्थान पाई रहेको देखिन्छ यसै सदर्भमा संघिय संसद श्रम समितिका अध्यक्ष माननीय बिमल श्रीवास्तव को नेतृत्वमा सांसदहरु,मानबअधिकारकर्मी सहितको टोली घरेलुकामदार खुलाउन हुने नहुने समन्धी जनमत बुझ्न खाडी मुलुकको भ्रमणमा आए संगै यो बहस पुन सतहमा आएको छ

निर्णय अगावै जनमत बुझ्न संसदीय समितिको भ्रमण हुनु राम्रो पक्ष हो यो बिषयमा लेख्न बस्दै गर्दा केहि समय पहिला तत्कालिन श्रम तथा रोजगार मन्त्रि गोकर्ण विस्ट को चर्को दवाबका बीच पनि संसदीय समिति अध्यक्ष माननीय बिमल श्रीवास्तब ज्यु ले खाडी मुलुकमा घरेलु कामदार खोल्न अस्विकार गरेको समाचार बाहिरिएको थियोअनेकन स्वार्थ समुहको दवाब पनि उनिमाथी पकै आएको बुझ्न गाहारो थिएन दुई तिहाई नजिकको सरकार संग नझुकी निर्णय गर्ने आँट हिम्मत देखाउने सभासदको छबी बनाउन श्रीवास्तब सफल भएका थिए भ्रमण संगै उनको निर्णय ले धेरै कुरा स्पस्ट पार्ने देखिन्छ   

बिगतमा हाल संघीय संसदमा संसद समेत रहेका तत्कालित सभासद प्रभु साहको नेतृत्वमा खाडी मुलुकको भ्रमणमा आएको संसदीय समितिको टोली ले घरेकु महिलाहरु माथी हुने गरेको मानसिक/शारीरिक/श्रम शोषणको गहन अध्ययन पछी घरेलु कामदार खुलाउन नहुने सिफारिस गरे पश्चात नेपाल सरकार ले बैधानिक रुपमा खाडी मुलुकमा घरेलु कामदार पठाउन बन्देज लगाएको थियो

खाडी मुलुकमा बैधानिक रुपमा घरेलु कामदार पठाउन बन्देज लगाए पनि बिभिन्न माध्यम मार्फत सोहि कामको लागी खाडी मुलुक पुग्ने क्रम भने चली रहेको नै देखिन्छ नेपाल सरकार ले अबैधानिक रुपमा बिभिन्न मुलुको विमानस्थल प्रयोग गरि घरेलु कामदार खाडी मुलुकमा जाने क्रमको भेउपत्तो पाए संगै कूटनीतिक पहलको माध्यम प्रयोग गरि सो को रोकथाम को प्रयास समेत गर्दै गरेको देखिन्छबैधानिक रुपमा नरही अबैधानिक रुपमा आउने क्रम को निरन्तरता संगै यस्तो अबैध कार्यगर्ने मा गिरोह नै क्रियाशील रहेको देखिन्छ बिगतमा साउदीका लागि नेपाली राजदुत उदय राज पाण्डे को कार्यकालमा अबैधानिक बाटो बाट घरेलु कामदार पठाउन सक्रिय दलालहरु को लिस्ट समेत सार्बजनिक भएको थियो तर किटानी गरिएकाहरु माथि कानूनी कार्यबाही भएन जसले गर्दा अन्यका हकमा कानूनी डर को अबस्था रहेन

साउदी अरबमा मुख्य:त कुबेत,युएई लगायतका छिमेकी मुलुकहरु बाट नेपाली चेलीहरु घरेलु कामदारको रुपमा ल्याई पुर्याउने गरिने गरेको पाईन्छ साउदी अरबमा भिजिट भिसा मा ल्याइने अझ त् बिक्रि सरह नै गरेर छोडेर जाने गरि पनि साउदी अरबमा नेपालि चेलीहरु ल्याइन्छन जब त् महिलाहरु समस्यामा पर्दछन तब साउदीमा भिजिट भिसाको म्याद नाघेको ले स्वत:अबैधानिक स्टेटसमा रहन जाँदा नेपाल फर्कन मोटो जरिवाना तिर्नु पर्ने गरि अनेकन समस्या भोग्नु पर्ने हुन्छ,भलै नेपाली दुताबासको पहल ले गर्दा जरिवानाको बिषय ले त्यस्ता समस्यामा परेका महिलाहरुको स्वदेश फर्कने बाटोमा अहिले सम्म समस्या आएको देखिन्न कतिपय महिलाहरु को हकमा मालिक ले किने सरि हुने हुँदा ति महिलाहरु को अवस्था कति कारुणिक हुँदो हो आफै सोच्न सकिने बिषय हो नेपाली दुताबासको कार्यसुचीमा यसरि साउदीमा छिमेकी मुलुकबाट आउने रोक्ने समन्धी बिषय सदैब रहेको देखिन्छ,सो बमोजिम कुटनीतिक पहल पनि हुदै गरेको पनि मान्न सकिन्छ अबैधानिक रुपमा ल्याईएको ले कति संख्यामा नेपाली चेलीहरु साउदी मा घरेलु कामदारको रुपमा कार्यरत छ भन्ने एकिन तथ्यांक कुनै निकाय संग छैन

खाडी मुलुकमा घरेलु कामदारहरुको बास्तबिक अवस्था कस्तो छ भनि बुझ्न आएको संसदीय टोली समक्ष अधिकांस घरेलु कामदारहरु नारकीय जीवन बाध्य छन,पशुवत व्यवहार सहन बाध्य हुने गर्दछन,शारीरिक,मानसिक शोषण,यौन उत्पीडन,कुटपिट लगायत अमानबिय गतिबिधि झेल्न समेत समेत बाध्य छन,बिचल्ली अवस्थामा अनेकन महिलाहरुको उद्दार गरि मुलुक पठाउनु भन्ने कुरा को चुरो खबर यी यावत अनेकन कुराहरु छन, जसको उचित छिनोफानो र निराकरण  नहुँदो हो भने नेपाली चेलीहरु लाई घरेलु कामदारको रुपमा पठाउनु भनेको जानाजानी 'नर्कमा झोस्ने काम'भन्दा अरु केहि नहुने स्पस्ट संग राख्नु पर्ने दायित्व सबै को हुन् आउछ सामाजिक संस्था को रुपमा आफु लाई मान्ने हो भने त्यस बाहेको अन्य बिकल्प देखिन्न

घरेलु कामदार ब्यबस्थित रुपमा खुलाउनु पर्छ भन्ने को तर्क अलगै होला,त्यो अर्को पाटो हुन्छ अझ गैर सरकारी संस्थाको स्वार्थ र स्वार्थ समुहको हित पक्षपोषण गर्ने तर्क अझ अर्को होला...

बिगतमा बैधानिकरुप मा होस् या हालका दिनमा अबैधानिक रुप आईपुगेका/ल्याईपुर्याएका नेपाली चेलीहरु को अवस्था कारुणिक नै रहेको देखिन्छ शोषणका शृंखला समान छन

संख्यात्मक रुपमा गणना गर्दा केहि संख्यामा मात्र नि हो समस्या पर्ने??भन्ने बिषय पनि छलफल र निर्णयको आधार हुन् सक्छ भन्ने तर्क गर्ने कोहि होलान यधपी ‘एक नागरिकको आँसु ले रास्ट्र लाई पोल्छ’ भन्ने महान विद्धान को भनाई लाई मनन गर्नु बान्छनीय हुने देखिन्छ

साउदी अरबमा पछिल्लो दिन मा अमुक उदेश्य सहित दुताबासको प्रांगण सम्म पुगेको गैर सरकारी संस्थाको आवरणमा सक्रिय रहेको संस्था ले यस्तो नीतिगत निर्णयमा अदृश्य रुपमा प्रभावित पार्ने खेल चाल्दै गरेको समेत बुझ्नमा आएको छ संघ संस्था ले कसै को प्रभाबमा नपरेर जनमत स्पस्ट रुपमा राख्नु पर्छ...    

अन्त्यमा,

बैदेशिक रोजगारमा महिलाहरु जान कुनै बन्देज लगाउ भन्ने आसय यो पंक्तिकार को होइन । संगठित क्षेत्रमा पठाउनु खास मा कुनै असंगत देख्दिन तर घरेलु कामदारको प्रशंग बिल्कुल फरक छ ।

घरेलु कामदारको पिडा,ब्यथा र सकस लाई मुल्यांकन गर्दा जानाजानी आफ्नै चेलीहरु लाई अनिश्चयको भुंग्रोमा धकेल्नी उचित नहुनी हुँदा हाल बन्द रहेको घरेलु कामदार नखोल्नु मा नै कल्याण हुने देखिन्छ,

जनमतको कदर पनि यसैमा रहने देखिन्छ,संसदीय समिति को ध्यानाकर्षण होवोस

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::