खाडी बाट फर्किएर गरेको गाई पालन बाट पाल्पा कि पम्फा पाण्डे महिनाको आधा लाख कमाउँदै

शनिबार, अशोज ४, २०७६

खाडी बाट फर्किएर गरेको गाई पालन बाट पाल्पा कि पम्फा पाण्डे महिनाको आधा लाख कमाउँदै

घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुगेकी थिइन् । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि स्वदेश फर्किँइन् । बालबच्चाको लालनपालन, उनीहरूको उज्यालो भविष्य बोकेर बिदेसिएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलीन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन गरेकी छन्।

चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी सुरु गरेकी उनले सुरु मा दुई वटा गाई पालेकी थिइन् । हाल उनको फार्म मा २५ लाख लगानी पुर्याएकी छिन।  गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रूपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गरेकी हुन् पाण्डे को  फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् दिनमा । सरदर ७० लिटर दुध उत्पादन हुन्छ सालाखाला मासिक ४० देखि ५० हजार सम्म आम्दानि हुने गरेको उनले बताए ।

ब्यबसाय मा सक्रिय भए पछि  विदेश मा गाहारो छ,सके सम्म स्वदेश मै बसेर केहि गर्नु राम्रो हुने र मेहेतन गरे सफल हुन सकिने सुझाब उनको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::