गैरआवासीय नेपाली संघ साउदी अरवको पहलमा ११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता अन्य उद्दार पनि द्रुत गतिमा हुदै

आइतवार, पुस ५, २०७७

बाल कृष्ण पंगेनी

गैरआवासीय नेपाली संघ साउदी अरवको पहलमा ११ वर्षसम्म साउदीमा बन्धक नेपाली महिला स्वदेश फिर्ता अन्य उद्दार पनि द्रुत गतिमा हुदै

गैर आवासीय नेपाली संघ साउदी अरवको  उद्दार टिमद्वारा  ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र गैर आवासीय नेपाली संघ साउदी अरवको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेम प्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।

ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम गैर आवासीय नेपाली संघ साउदी अरवले उपलब्ध गराएको प्रवक्ता न्यौपानेले एन ए मिडियालाई जानाकारी गराएका छन् ।

दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश पठाइएको  प्रवक्ता  न्यौपानेले बताए ।

उनलाई झापाकै एक दलालले  साउदी अरवमा राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्‍याएको पिडित लिला मायाबाट खुल्न आएको छ  ।

समस्या दिन प्रति दिन बढ्दै गएको र क्रोरोनाको कहर विच सस्थाले नेपाल र साउदी अरवमा रहेका नेपाली समुदायको बारे  के गर्दैछ  छ भन्ने प्रश्नमा सस्थाका अध्यक्ष तेज बहादुर थापाले गैर आवासीय नेपाली संघ साउदी अरव बिगतमा कोभिड-१९ बाट कहरमा परेका देखि सक्रमणमा परि ज्यान गुमाएका , काम गुमाएका र बिभिन्न समस्यामा परि अन्य रोगबाट बिरामी भैई उपचार गर्न नसकेका ६०० जनालाई खाना पिनाको ब्यबस्था , करीव १२ जनालाई नेपाल जान टिकेट देखि आर्थिकमा आम्सिक सहयोग , रियाध क्षेत्रमा पिडित भै बस्ने खाने ठाउ नभएकालाई सेल्टर साथै नेपाल पुगेर पनि घर सम्म पुग्ने आर्थिक समस्या परेकालाई पनि काठमाडौंमा नै प्रतिनिधि खटाई सहायता गरिरहेको साथै साउदी अरवमा लगातार आई पर्ने हरेक समस्यालाई समाधान गर्न (Response to Nepalis migrant workers relief and repartition) टिम  तयार गरी साउदी अरवको हरेक प्रान्तमा  सेवा दिन मिल्ने गरी १ जना टिम कोडीनेटर,४ जना भोलिएन्टर् र २ जना कानुनी बिदको समुह बिस्तार गरेको र उक्त टिमले गैर आवासीय नेपाली संघ साउदी अरव , नेपाली दुतावास रियाद साउदी अरव  , महाबाणिज्य दुतावास जेद्दा साउदी अरव , पी एन सी सी  र साउदी अरवमा रहेका सम्पूर्ण सस्थासंग फेसबुकमा  के एस ए टिम समुह बनाई  समस्सया बारे जानकारी लिई उद्दार समूह सम्म उक्त समस्या पुर्याई दुतावासको समन्वयमा सबै किसिमका समस्या समाधान गर्न गैर आवासीय नेपाली संघ साउदी अरव दिन रात उद्दारमा लागि रहेको  पनि एन ए मिडियालाई जानकारी गराएका  छन ।

टिममा सक्रिय सम्पूर्णमा सलाम ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::