
आइतवार, मंसिर ५, २०७८
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले हाल बन्द रहेको खाडी मुलुकमा घरेलु महिला पठाउने कार्य लाई अध्ययन गरि सहजीकरण गरिने जनाएका छन।
शुक्रबार राजधानीमा आयोजित वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता विषयक अन्तर्क्रिया कार्यक्रममा मन्तब्य राख्दै सचिब गौतम ले 'घरेलु कामदारलाई कसरी सुरक्षित तरिकाले पठाउन सकिन्छ त्यसको अध्ययन गरिन्छ,’ उनले भने,’ महिला कामदारको सुरक्षाका लागि सरकारले प्रतिबन्ध लगाएको हो । अब पठाउँदा भने महिला कामदार कुन रोजगारदाताकोमा र कस्तो अवस्थामा छन भनेर पत्ता लगाउन सकिने गरी काम गर्न लागेका छौ ।’
कार्यक्रममा सचिव गौतमले सस्तो लोकप्रियताका लागि १० हजारमा रुपैयाँमा वैदेशिक रोजगारीमा लैजाने घोषणा गरिएको बताए साथै कामदारलाई सस्तो मूल्यमा रोजगारमा पठाइने निर्णय व्यवहारिक नभएको उनले बताए ।
‘कामदारको एक महिनाको मासिक तलब लिन मिल्ने व्यवस्था गर्न लागेका छौ,’ उनले भने,’ कामदारको हितलाई लक्षित गरी श्रम गन्तव्य मुलुकसँग सम्झौता गर्न लागिएको छ ।’
त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमा केही गर्न सक्ने गरी कार्यविधि ल्याउन लागेको छ । पुन: एकीकरण कार्यक्रम अबको एक महिनामा लागू हुने उनले दाबी गरे । वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवस्थापन गर्न पुनः एकीकरण कार्यक्रम लागू गर्न लागेको हो ।कार्यविधि कानुन मन्त्रालयबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयले स्वीकृत गर्ने गौतमले जानकारी दिए ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया