चिसोमा रक्तचापका बिरामीले यी कुरामा ध्यान दिऊ

बुधबार, पुस २८, २०७८

चिसोमा रक्तचापका बिरामीले यी कुरामा ध्यान दिऊ

चिसो मौसममा विशेष गरी बिरामी, बालबालिका, जेष्ठ नागरिकहरु बढी प्रभावित हुने गर्छन् । अझ रक्तचापका बिरामीहरुले यस समयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

जाडो महिनामा रक्तचापका बिरामीले विशेष ख्याल गर्नुपर्दछ । जाडो महिनामा तापक्रम घट्दा रक्तनली साँघुरा हुन्छन् । जसले गर्दा रक्रनलीमा रगतको दवाब परेर रक्तचाप थप बढ्छ । जाडो महिनामा निष्क्रिय जीवनशैली, नुनको धेरै प्रयोग, चिया ÷ कफी तथा मदिराको अधिक सेवनले शरीरको तापक्रम छिट्टै घटाएर रक्तचाप बढाउँछ । त्यस्तै जनावरजन्य चिल्लो जस्तै घ्यु, बोंसोको सेवनले कोलेस्टेरोलको वृद्धि हुन्छ ।

जाडो महिनामा रक्तचाप बढ्न नदिन केहि उपाय छन् ।

१. समयसमयमा रक्तचाप नाप्ने । बढेमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा मिलाएर सेवन गर्ने । २. मुटुको कार्यक्षमतामा अचानक लोड नहोस् भनेर घरबाहिर चिसोमा सकभर कम जाने । ३. हेभी एक्सरसाइज नगर्ने । ४. टोपी, गलबन्दी पछ्यौरा, पंजा लगाउने । ५. प्रदुषण भएको ठाउँमा मर्निङ वाक नगर्नु राम्रो हुन्छ । जाडो महिनामा प्रदुषणको स्तर बिहान ÷ बेलुका बढी हुन्छ । प्रदुषणको कारण रक्तचाप तथा मुटुरोग लाग्ने धेरै अनुसन्धानले देखाएका छन् । ६. आफ्नो शारीरिक तौल नियन्त्रण गर्ने । ७. स्वस्थकर खाना खाने, सागसब्जी, फलफूल, माछा, लो फ्याट दुध, बदाम आदि खाने, खास गरेर हरियो सागसब्जी, केरा (केरामा पोटासियम पर्याप्त हुन्छ जसले ब्लड प्रेसर घटाउँछ तथा सोडियमको मात्रा सन्तुलन गर्छ । त्यस्तै मोटो माछाको नियमित सेवन गर्नाले ओमेगा–३ फ्याटी पाइन्छ जसले रक्तचाप, सुजन तथा ट्राइग्लिसराइड घटाउँछ । त्यस्तै भिटामिन डी को सेवनले पनि रक्तचाप घटाउन मद्दत गर्छ, घ्यु, बोसो, नुनिलो खाना, जंक फुड, रेस्टुरेन्ट फुड आदिको सेवन नगर्नु स्वस्थकर हुन्छ ।

केहि घरेलु पदार्थको सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । १. मेथी – यसमा हुने फाइबरले कोलेस्टेरोल घटाउँछ  साथै मेथिमा सोडियमको मात्रा निकै कम हुन्छ । २. मुला – मुलामा पोटासियम हुन्छ जसले रक्त बहाबलाई नियमित गर्न सहयोगीको भूमिका खेल्छ । ३. पालुंगो साग – पालुंगोमा पोटासियम, म्याग्नेसियम, जिंक र ल्युटेन पाइन्छ । जसले गर्दा रक्तनली मोटा हुनबाट तथा हार्ट एट्याक हुने सम्भावना कम हुन्छ । ४. गाँजर – गाजरमा भएको पोटासियमले रक्तनलीमा हुने रगतको चापलाई फैलिन मद्दत गरेर रक्तचाप नियन्त्रण गर्न सघाउछ ्र साथै नुनमा हुने असरलाई घटाएर मुटुरोग हुन बचाउँछ । ५. बिटरुट (चुकन्दर ) – चुकन्द भिटामिन बी को राम्रो स्रोत हो । यसले स्नायुको काममा सुधार गर्छ । यसमा एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ । जसले रक्तचाप र कोलेस्टेरोल सन्तुलनमा राख्न मद्दत गर्दछ । यसमा हुने नाइट्रिक अक्साइड ग्यासले रक्तनलीलाई फराकिलो बनाउन मद्दत गर्छ ।

घरभित्रको ब्यायाम, सक्रिय जीवनशैली, रक्सी तथा चुरोटको त्याग, चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन, तनाब ब्यबस्थापन, तातो तथा झोलिलो पदार्थको सेवन आदिले गर्दा जाडोमा ब्लडप्रेसर बढ्ने तथा हृदयाघात हुने सम्भावनालाई घटाउन मद्दत गर्दछ ।

मदिरा सेवनले सुरुमा न्यानो अनुभव भएपनि यसले शरीरको तापक्रम घटाउँछ जसले गर्दा ब्लडप्रेसर बढ्ने जोखिम हुन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::