छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तनाव, प्रिन्सिपल नियन्त्रणमा

बुधबार, भदौ १३, २०७५

छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तनाव, प्रिन्सिपल नियन्त्रणमा

बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित ज्ञानपुञ्ज सेकेन्डरी बोर्डिङ स्कूलका प्रिन्सीपलले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै बुधबार विद्यालयमा तनाव भएको छ । प्रिन्सिपल तोयराम पौडेलले १० कक्षामा अध्ययनरत छात्रालाई अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोपमा तनाव उत्पन्न भएपछि इलाका प्रहरी कार्यालय बुटवलले प्रिन्सीपल नियन्त्रणमा लिएको छ ।

विद्यालयको छात्रावासमा बस्दै आएकी छात्राले मंगलवार अभिभावकसँग रूँदै प्राचार्यले आफूलाई यौनजन्य दुव्र्यवहार गरेको भनेपछि घटना बाहिर आएको छ । अभिभावकले बुधवार विद्यालयमा नाराबाजी गर्दै प्राचार्य पौडेललाई कारवाही गर्न माग गरेका छन् । विद्यालयमा झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् । छात्रावासमा बस्दै आएकी छात्रा दिउँसो विद्यालय जाने तर साँझ होस्टेलमा जान नमानेपछि उनले घरमा बाआमासँग घटनाको जानकारी गराएकी थिइन् । उनी १० कक्षाको अब्बल विद्यार्थी हुन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::