‘जुम एप’मा नयाँ विषेशता थप

मङ्लबार, जेष्ठ २०, २०७७

‘जुम एप’मा नयाँ विषेशता थप

पछिल्लो समय भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ ।विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् ।

‘जुम एपको सबैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,’ अधिकारीहरूले भनेका छन् । त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।

विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ । तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::