
आइतवार, पुस ११, २०७८
पछी पर्यो गुगल .....
गुगललाई पछी छोड्दै टिकटक अनलाईनमा सबैभन्दा लोकप्रिय गन्तब्य बनेको छ। सूचना प्रबिधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरु ले सर्च इन्जिन भन्दा धेरै टिकटक हेर्न थालेका छन।
क्लाउडफ्लेयरका अनुसार यस बर्ष फेब्रुअरी,मार्च र जुन महिनामा र गत अगस्टयता गुगललाई पछी पार्दै टिकटक पहिलो स्थानमा छ। गत बर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक,अमेजन,फेसबुक,माईक्रोसफ्ट र नेटफ्लिक्स पनि शिर्ष १० मा अटाएका थिए। क्लाउडफ्लेयर राडार प्रयोग गरेर बिश्वब्यापी वेब संजालको निगरानी गरिएको थियो ।
कम्पनीका अनुसार टिकटक ब्यापक रुपमा हेरिनुका एउटा कारण कोभिड-१९ महामारी पनि हो। गत जुलाईसम्मटिकटक ३ अर्ब भन्दा धेरै पटक डाउनलोड भई सकेको छ।
बाईटडान्सको मातहतमा रहेको सामाजिक संजालमा टिकटक अहिले मासिक एक अर्ब भन्दा धेरै सक्रिय प्रयोगकर्ता छन। यो संख्या निरन्तर बढ्दो क्रममा छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया