टिकटमा ढिलो भएका कारण पत्रकार जितेन्द्र जीसी इथोपियामा आज भएको विमान दुर्घटनाबाट जोगिए

आइतवार, फाल्गुन २६, २०७५

टिकटमा ढिलो भएका कारण पत्रकार जितेन्द्र जीसी इथोपियामा आज भएको विमान दुर्घटनाबाट जोगिए

टिकटमा भएको ढिलाईका कारण इथोपियामा आज भएको विमान दुर्घटनाबाट एक नेपाली जोगिएका छन्।

इथोपियाका राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्समा बिमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो।सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका छन्।

जिसीले फेसबुकमा आफूले उक्त कार्यक्रममा प्राप्त टिकटका अनुसार उक्त बिमानमा आफूपनि हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको उल्लेख गरेका छन्।

साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन्। उनले लेखेका छन्, ‘म नेपाल मै छु, ठीक छु। कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो बिमानमा हुनुपर्ने थियो।

म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिए। जब त्यो तालिका, बिमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे। साथ मा दानमामा होइसिन्थ्यो,फेरी ढाडस दिँदै। केहि आफन्त र सुभेच्छुकहारुले गर्नुभएको म्यासेज र चाँसोका लागी कृतज्ञाता प्रकट गर्छु।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::