डिम्याट खाता खोल्नेको संख्या १७ लाख नाघ्याे,जलविद्युतकाे शेयर बढायाे दायरा

शुक्रबार, साउन ९, २०७७

डिम्याट खाता खोल्नेको संख्या १७ लाख नाघ्याे,जलविद्युतकाे शेयर बढायाे दायरा

धितोपत्र बजारको प्रथामिक बजार मुलुकभर पुगेसँगै डिम्याट खाता खोल्नेहरुको संख्यामा पनि वृद्धि भएको छ। केन्द्रिय निक्षेप (सिडिएससि) का अनुसार गत असार महिनासम्ममा १७ लाख १४ हजार ४३२ जनाले डिम्याट खाता खोलेका छन्।

जसमध्येमा १० लाख ५२ हजार ३२ पुरुष रहेका छन् भने ६ लाख ६२ हजार ४ सय जना महिला रहेका छन्। राजधानी काठमाडौंमा मात्र होइन दुर्गम पहाडी जिल्लाका बासिन्दाहरुले समेत धमाधम डिम्याट खाता खोल्ने क्रम बढेको छ।

केही वर्षदेखि धितोपत्र बोर्डले पनि गत वर्षको नीति तथा कार्यक्रममार्फत नै एक नेपाली एक डिम्याट खाता कार्यक्रमको योजना अघि सारेको थियो। तर, त्यो कुल जनसंख्याको तुलनामा ज्यादै न्युन रहेको हुदाँ उक्त योजना अनुसार कायक्रमको सफल भएको देखिदैन।

यस अवधिसम्ममा डिम्याट खोल्ने लगानीकर्ताहरुलाई जिल्लाका आधारमा हेर्दा काठमाडौं जिल्लामा सबैभन्दा धेरै तीन लाख ३६ हजार ८४७ जाना जनाले डिम्याट खाता खालेका छन्। जसमध्येमा एक लाख ८८ हजार ४२९ जना पुरुष लगानीकर्ता रहेका छन् भने एक लाख ४८ हजार ४१८ जना महिला लगानीकर्ताहरु रहेका छन्।

डोल्पा, मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा सबैभन्दा थोरै डिम्याट खाता खोलिएको छ। उक्त जिल्लामा डिम्याट खाता खोल्नेको संख्या एक हजार पनि पुगेका छैनन्।

पछिल्ला वर्षहरुमा जलविद्युत आयोजनाहरुले स्थानीयबासीलाई अनिवार्य शेयर वितरण गर्ने भएकाले पनि त्यस्ता आयोजना रहेका जिल्ला र शहरी क्षेत्रमा डिम्याट खाता खोल्नेहरुको संख्यामा वृद्धि भएको पाईन्छ।

यद्यपि, डिम्याट खाता खोलेकाहरुले सबै लगानीकर्ताले दोस्रो बजार भने कारोबार गरेको छैनन्। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले भने नेपाली बजारमा २० लाख लगानीकर्ता रहेको बताउदै आएका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::