डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित,जिल्लागत रुपमा चितवन

आइतवार, भदौ २९, २०७६

डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित,जिल्लागत रुपमा चितवन

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ ।

विभागले विहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो । जिल्लागत रुपमा भने चितवन सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धीत निकायहरुले सबै सम्बन्धित निकायसँग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीलाई तालिम दिने काम भईरहेको जानकारी दिए ।

खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने उनको तर्क छ ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::