डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

आइतवार, अशोज ३०, २०७९

डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

७७ जिल्ला मै  फैलियो....

नेपालमा डेंगु रोगका  बिरामीको संख्या ४० हजार नाघेको छ।

गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगीका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँगै नेपालमा कुल डेंगी बिरामीको संख्या ४० हजार २९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगीका कारण एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म डेंगीका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगीका बिरामी भेटिएका छन्।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::