तमु धि नेपाल प्रवाश शाखा साउदी अरबको आठौ अधिवेशन सम्पन्न अध्यक्षमा पुनः खेम तमु

शुक्रबार, बैशाख २३, २०७९

एन ए मिडिया न्युज डेक्स

तमु धि नेपाल प्रवाश शाखा साउदी अरबको आठौ अधिवेशन सम्पन्न अध्यक्षमा पुनः खेम तमु

तमु धि नेपाल प्रवास शाखा साउदी अरेबियाको अध्यक्षमा पुनः खेम बहादुर तमु चयन भएको छ । तमुलाई प्रवास शाखा साउदीको ८ औं महाधिवेशनले निर्बिरोध सर्वसम्मत चयन गरेको हो ।

साउदी अरवको अल खोबर स्थित गल्फ दरबारमा मे ३ तारीख सम्पन्न महाधिवेशनले समितिको बरिस्ठ उपाध्यक्षमा मेक बहादुर तमु, उपाध्यक्ष काजी तमु, महिला उपाध्यक्ष तुलसी माया तमुस्यो, महासचिव ज्ञानु तमु, उपमहासचिव महेन्द्र तमु, सचिव डम बहादुर तमु, कार्यालय सचिव दिपक तमु, कोषाध्यक्ष रामबहादुर तमु, सहकोषाध्यक्ष हिक्मत तमु र प्रवक्ता रबिन तमु चयन भएको छ ।

त्यसैगरी सदस्यहरु क्रमशः दिलबहादुर तमु, गम तमु, सुजन तमु, लुसा तमुस्यो, बिन्दु तमुस्यो, मान घले, मनिश तमु, तेजबहादुर तमु, शिव तमु, नन्द बहादुर तमु, कृष्ण तमु, धन बहादुर तमु, तुल बहादुर तुमु चयन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास साउदीका पुर्बी क्षेत्र कर्मचारी नारायण पासवान, विशेष अतिथि तमु धि का संरक्षक ओम घले, अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ साउदीका बरिष्ठ उपाध्यक्ष: नवराज योन्जन तामांग, एनआरएनएका महिला उपाध्यक्ष यस्मिन बेगम, एनआरएनए साउदीका महासचिव उमेश भट्टराई, तमु धी साउदीका महिला उपाध्यक्ष तुलसी माया तमुस्यो, आदिवासी जनजाति महासंघ साउदीका प्रमुख सल्लाहकार तथा सामाजिक अभियान्त विरेन्द्र चौधरी, नेपाल मगर संघ शाखाका अध्यक्ष बम मगर, अन्तर राष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधि रमेश मगर, एकीकृत बिश्वकर्मा समाजका अध्यक्ष श्री अर्जुन बि क, एन आर टि नेपाली समाज: देवी खतिवडा, दिदि बहिनि समुहकी उपाध्यक्ष: पुष्प राई,किरात याक्थुंग चुम्लुंगका प्रतिनिधि मोति चामलिंग लगायत अन्य संघसंस्थाका प्रतिनिधिले शुभकामना राखेका थिए ।

सस्थाको महिला उपाध्यक्ष तुलसी माया तमुस्योको स्वागत मन्तब्य संगै कार्यक्रमका नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना मन्तब्य क्रममा क्रमश: रमेश मगर, बम थापा, बिरेन्द्र चौधरी,उमेश भट्टराई, यस्मिन बेगम,नवराज योन्जन तामांग, ओम घले द्वारा तमु धी साउदीको ईतिहासमा पुरानो र एतिहासिक कार्य गर्दै बढेको प्रसंशा साथै जातीय सस्था भएतापनि जातीय सस्कार, सस्कृतिको संरक्षण सम्बर्धन गर्दै साउदी अरबमा अन्य संघ सस्था अनि सम्बन्धित निकाय प्रति समन्वय गरि सामाजिक कार्यहरु गर्दै आएको बताए थिए ।

सस्थाको आर्थिक प्रतिबेदन: महासचिव ज्ञान बहादुर तमुले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन: कोषाध्यक्ष राम तमुले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा इजरायलबाट तमु भाषा र नेपाली भाषामा पठाएको शुभकामना संस्थाका संस्थापक एवं कार्यक्रमका बिशेष अतिथि ओम घलेले पढेर सुनाएका थिए ।

त्यसैगरी कार्यक्रममा संस्थाका प्रवक्ता रविन गुरुङ लगायत अन्य बिरामीहरुलाई गुरुङ संस्कार अनुसार रिपू लगाई स्याई स्याई गरि स्वास्थ्य लाभको कामना गरेको थियो ।

त्यस्तै लम्जुंग निवासी सस्थाका सस्थापक सदस्य बोक जंग तमुको श्रीएमति मृगौला पिडित रहेको र उहाको स्वस्थलाभको कामना संगै केहि राहत स्वारुप महाधिवेशन हलबाटै सहयोग रकम संकलन गरेको थियो ।

सस्थाले सस्थामा रहेर बिबिध पक्षमा  योगदान, सहयोग पुर्याउनु हुने प्रति उच्च सम्मान व्यक्त गर्दै ५ जनालाई सम्मान गरिएको थियो । १. मिना योन्जन तामाङ, २. बिन्दु तमुस्यो, 3.जीतमान तमु, 4 ओम तमु 5 सुक तमुलाई सम्मान गरेको हो ।

नया कार्यसमिति निर्बाचन मण्डलका अध्यक्ष ओम घलेले प्रस्तुत गर्नु भएको थियो भने उहाले आफु स्थापना काल देखि नै तमु धी प्रतीको योगदान बारे बताउनु भएको र सस्थाको जातीय पहिचान सहित सस्थालाई निरन्तरता दिन नया कार्यसमिति लाई शुभकामना दिनु भएको थियो

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास साउदीका पुर्बी क्षेत्र कर्मचारी नारायण पासवानले नवनिर्वाचित टोलीलाई शुभकामना दिदै संस्थाको प्रत्येक कार्यमा दूतावासको सहयोग रहने बताए । साउदीको दमाममा पुरानो संस्था मध्ये एक तमु धि रहेको शुरुवाती दिन देखि नै दुताबास संगको सहकार्य रहेको र रहने प्रमुख अतिथि पासवानको भनाई थियो ।

अन्तमा; नव निर्बाचित अध्यक्ष खेम तमुले सहभागी सम्पूर्णमा हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दै बिशेष धन्यबाद नेपाली दुताबास रियाद, र आफ्नो कार्यसमितिको अतुलनीय सहयोग पाएको आफुलाई काम गर्न अति नै सरल र सहज रहको बताए अबको कार्य योजाना तमु धी भित्र चारै दिशाको तमुहरुलाई समेटी जातीय पहिचानका मुद्दाहरु, सस्कार सस्कृतिको जगेर्ना गर्दै भई परि आउने सामाजिक कार्यहरुमा सबै संग हातेमालो गर्दै आगाडी बढ्ने बताए र देश विदेशमा स्थापित सबै तमु संघ सस्थासंग हातेमालो गरिने र सस्था बिस्तारमा नेपालमा केन्द्रीय कार्यालयसंग प्रवास शाखाको बुधागत मागपत्र छिटै पठाउने जानकारी दिदै ८ औ महाधिबेशन सफल बनाउन सहयोगी सबै प्रति धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रम शुरु देखि अन्त सम्म महासचिव ज्ञान तमुले कुशल तरिकाले संचालन गर्नु भएको थियो भने कार्यक्रम समापन पछी स्योकै (खान पिन) संगै बिबिध नाच गान रमाईलो मनोरंजन संगै गायक प्रयास लामा, योगेश राई को बेजोड प्रस्तुति अन्य कलाकारको रमाईलो नृत्य संगै उपस्थित सबै खुसि संग बिदा बिदा भएको पाईएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::