
शुक्रबार, बैशाख २३, २०७९
NA Media
तमु धि नेपाल प्रवास शाखा साउदी अरेबियाको अध्यक्षमा पुनः खेम बहादुर तमु चयन भएको छ । प्रवास शाखा साउदीको मे ३ तारीखमा सम्पन्न ८ औं महाधिवेशनले तमुलाई निर्बिरोध सर्वसम्मत चयन गरेको हो ।
साउदीको खोबर स्थित गल्फ दरबारमा सम्पन्न महाधिवेशनले समितिको बरिस्ठ उपाध्यक्षमा मेक बहादुर तमु, उपाध्यक्ष काजी तमु, महिला उपाध्यक्ष तुलसी माया तमुस्यो, महासचिव ज्ञानु तमु, उपमहासचिव महेन्द्र तमु, सचिव डम बहादुर तमु, कार्यालय सचिव दिपक तमु, कोषाध्यक्ष रामबहादुर तमु, सहकोषाध्यक्ष हिक्मत तमु र प्रवक्ता रबिन तमु चयन भएको छ ।त्यसैगरी सदस्यहरु क्रमशः दिलबहादुर तमु, गम तमु, सुजन तमु, लुसा तमुस्यो, बिन्दु तमुस्यो, मान घले, मनिश तमु, तेजबहादुर तमु, शिव तमु, नन्द बहादुर तमु, कृष्ण तमु, धन बहादुर तमु, तुल बहादुर तुमु चयन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास साउदीका पुर्बी क्षेत्र कर्मचारी नारायण पासवान, विशेष अतिथि तमु धि का संरक्षक ओम घले, अतिथिहरु एनआरएनए महिला उपाध्यक्ष यस्मिन बेगम, नेपाल आदिवासी जनजाति महासंघ साउदीका बरिष्ठ उपाध्यक्ष: नवराज योन्जन तामांग, तमु धी साउदीका महिला उपाध्यक्ष तुलसी माया तमुस्यो, नेपाल मगर संघ शाखाका अध्यक्ष बम मगर, अन्तर राष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधि रमेश मगर, एकीकृत बिश्वकर्मा समाजका अध्यक्ष श्री अर्जुन बि क, एन आर टि नेपाली समाज: देवी खतिवडा लगायत अन्य संघसंस्थाका प्रतिनिधिले शुभकामना राखेका थिए ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया