
सोमवार, पुस १२, २०७८
नेपाल प्रहरीले पाँच महिनाको अवधिमा सरकारलाई अबैध सुनबाट ८५ करोडराजश्व सङ्कलन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो पाँच महिनाको अवधिमा प्रहरीले ८५ करोड ६१ लाख रुपैंया बराबरको अवैध सुन बरामद गरेको छ। गत वर्ष यही अवधिमा उसले १९ करोड बराबरको अवैध सुन बरामद गरेको थियो।
यसले अघिल्लो वर्षको तुलनामा यो वर्षको पाँच महिनामा सुन तस्करीको परिणाम बढेको समेत देखिन्छ। प्रहरीले राखेको तथ्याङ्क आफूले बरामद गरेको अवैध सुनको मात्रै हो। दोस्रोमा ट्राफिक कारबाही रहेको छ। पाँच महिनाको अवधिमा प्रहरीले ट्राफिक नियम उलङ्घन गरे बापत गरेको जरिवाना रकम ५७ करोड रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा यो ६३ प्रतिशत बढी हो।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया