
मङ्लबार, साउन १७, २०७९
नेपाली वाणिज्यदूताबास,जेद्दाको आयोजनामा राहदानी नबिकरण घुम्ती सेवा सम्पन्न भएको छ।३० जुलाई,शनिबारका दिन साउदी अरबको ताबुकमा संचालित घुम्ती सेवा को क्रममा श्रमिकहरुलाई सुसूचित गर्ने उदेश्य ले अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।
गैर आवासीय नेपाली संघ,क्षेत्रीय समन्वय समिति ताबुक ले कार्यक्रम को सहजीकरण एवं संयोजन गरेको थियो।घुम्ती सेवा मा राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै आएका राहदानी वितरण गरिएको थियो ।
कार्यक्रम मा महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।ताबुक लगायत आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. बाट समेत सेवाग्राहीहरु को उपश्तिती रहेको थियो।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दा का कन्सुलर भुवन पौडेल तथा जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह,राजु बास्कोटा लगायत एनआरएनए,साउदी का सल्लाहकार भक्त हमाल,एनसिसि उपाध्यक्ष अर्जुन थापा,आरसिसि ताबुक का अध्यक्ष नर बहादुर खतिवडा,उपाध्यक्ष देबी बहादुर कार्की,सचिब युबराज पोखरेल,कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ लगायतको उपश्थिति रहेको थियो।
भौगोलिक रुपमा निकै बिशाल क्षेत्रमा फैलिएको साउदी अरबमा हजारौ किलोमिटर टाढा बाट राहदानी लगायतको सेवाको लागी महावाणिज्यदुताबास ,जेद्दा धाउनुपर्ने अवस्था बाट केहि भए पनि राहत दिने उदेश्य ले सम्पन्न घुम्ती सेवा ले सेवाग्राहीहरु लाभान्वित भएको जनाउदै आगामी दिन मा थप ब्यबस्थित रुपमा सहकार्य गर्ने सहयोगी संस्था एनआरएनए,क्षेत्रिय समिति ताबुकका उपाध्यक्ष देबी बहादुर कार्की ले बताए।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया