तीन महिनामा रेमिट्यान्स ३७ दशमलव ३ प्रतिशतले बढयो,विनिमय दर मुख्य कारण

सोमवार, मंसिर १०, २०७५

तीन महिनामा रेमिट्यान्स ३७ दशमलव ३ प्रतिशतले बढयो,विनिमय दर मुख्य कारण

चालू आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३७ दशमलव ३ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली रुपैयाँ भन्दा विदेशी मुद्रा बलियो भएकाले रेमिटेन्समा बृद्धि भएको देखिन्छ ।डलरको भाउ झण्डै १ सय २० रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६ दशमलव सात प्रतिशतले घटेको छ । तरपनि डलर लगायतका विदेशी मुद्रा महंगो हुँदा रेमिटेन्समा उच्च बृद्धि भएको तथ्यांकमा देखिएको छ ।

प्रमुख रोजगार गन्तव्य मुलुकहरु कतार, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, मलेसिया लगायत देशबाट वढी रेमिट्यान्स भित्रिएको छ । चालू वर्षको ३ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । मलेसिया जाने नेपालीहरुको संख्या भने उल्लेख्य घटेको केन्द्रीय बैंकले जनाएको छ । रेमिट्यान्समा वृद्धि भएपनि व्यापार घाटा उच्च भएपछि सोधानान्तर घाटा भने बढेको छ । यो बीचमा मुलुकको सोधानान्तर घाटा ८१ करोड ८६ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::