तेस्रो साउदी अरव फुटवल गोल्ड कप २०७८ झापामा हुने

आइतवार, अशोज ३१, २०७८

बाल कृष्ण पंगेनी

तेस्रो साउदी अरव फुटवल गोल्ड कप २०७८ झापामा हुने

तेस्रो साउदी अरव फुटवल गोल्ड कप झापामा हुने भएको छ  । यस अघि पहिलो र दोस्रो साउदी अरेविया गोल्ड कप पनि झापामा सम्पन्न भई सकेको हो ।

खेल २५ ,२६,२७ र २८ कार्तिकमा झापाको  विर्तामोड २ स्थित चार पाने बेलडागीमा अवस्थित अमर सिंग मा. बि. को  खेल मैदानमा हुने खेल संयोजक जय बहादुर राईले एन. ए. मिडियालाई जानाकारी गराएका छन् । खेलको शुरू कार्तिक २५ दिउसो २ बजेबाट हुने पनि जानाकारी राईले गराएका छन्  ।

खेल को टाईसीट अग्रीम रुपमा प्रकाशित भैसकेकोले लगभग अब सबै तयारी अन्तिम अवस्थामा  रहेको साउदी अरव गोल्ड कप खेल व्यवस्थापन समितीका सदस्य सुमन भट्टराईले स्पस्ट पारेका छन् । खेलको टाईसीट अनुसार खेलमा सहभागी हुन् ८ टिम रहेको छ जसमा कार्तिक २५ मा चर्च बोईज काठमाडौं भर्सेज रेड हर्स इलाम , २६ कार्तिकमा जल थल एफ सी हल्दीबारी भर्सेज दुधौली सपोर्ट क्लव सिन्धुली , २७ कार्तिकमा फोकस १६  एफ सी धरान भर्सेज रेड स्टार बिर्तामोड र २८ कार्तिकमा साउदी अरव भेट्रान भर्सेज एकता स्पोर्टिंग क्लव चारपाने बिर्तामोड रहेको छ ।

खेलमा प्रथम पुरस्कार राशी रु. १०१,१११/-( एक लाख एघार हजार एक सय एघार ) ट्रफी, मेडल र प्रमाण पत्र , दितीय पुरस्कार रु. ५१,१११ /-(एकाउन्न हजार एक सय एकाउन्न ) ट्रफी ,मेडल र प्रमाण पत्र रहेको छ भने अन्य विधामा पनि  म्यान अफ दी म्याच नगद रु. ३,०००/-(तीन हजार ) ,वेस्ट किपर रु. ४०००/-(चार हजार )  वेस्ट डिफेन्डर रु. ४,०००/-(चार हजार ) , हाई स्कोर रु. ५,००० /- (पाच हजार ) रहेको संयोजक राईले जानकारी गराएका छन्  ।

साउदी अरव गोल्ड कप वार्षिक रुपमा आयोजना गरिने साउदी अरवमा कार्यरत खेल प्रेमीहरुले आफ्नो क्षेत्रको खेलको बिकासको लागि बनाईएको एक ब्राण्डको रुपमा स्थापित भएको छ ।  

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::