दमाम स्थित रहेको हिमालयन एअर लाइन्सको कार्यालय छिट्टै पुन सुचारु हुने ,पहिला बुक भएका यात्रु सोही मितिमा नेपाल जान सक्ने

बिहिबार, भदौ २५, २०७७

एन.मिडिया न्युज डेस्क

दमाम स्थित रहेको हिमालयन एअर लाइन्सको कार्यालय छिट्टै पुन सुचारु हुने ,पहिला बुक भएका यात्रु सोही मितिमा नेपाल जान सक्ने

साउदी  अरवको दमाम स्थित रहेको हिमालयन एअरको कार्यालय बिभिन्न  सुरक्षाको कारण देखाई स्थानीय  बलेदिया ( नगर पालिका ) द्वारा सेप्टेम्बर ८ देखि  काम काजमा  प्रतक्ष्य असर पर्ने गरी बन्द गरिएको हो ।

कार्यालय बन्द भए पश्चात पनि टिकट काट्न आउने प्यासेजरको  भिड भने घटेको देखिएन कार्यालय बन्द हुदा पनि लाइनमा अफिस खुल्छ र टिकेट लिन भनी बसेका आम नेपाली जन मानसको साझा प्रश्न अफिस कहिले  खुल्छ र पहिला काटिएका टिकटका बाकि प्यासेन्जर हरुको बारेमा के हुन्छ भन्ने प्रश्नमा हिमालय एअरका साउदी अरवका कन्ट्री म्यानेजर सुबास तिमिल्सिनाले पहिला काटिएका टिकट जुन तारीख र दिनको लागि हो सोही मितिमा नेपाल उड्ने तय छ र अफिस कहिले खुल्छ भन्ने अहिले सम्म कुनै जानाकारी नभएको तर नगपालिकासग केही  समन्वय बाकि रहेका कारण ढिला भएको र छिट्टै कार्यालय सुचारु हुने स्पष्ट पारेका छन् । तथा सम्पूर्ण नेपाल यात्रा गर्नु हुने बाकी यात्रु महानुभावहरुमा बिचलित नभई यात्राको मिति प्रतीक्षा गर्न र टिकट लिन बाकि सम्पूर्णलाई कार्यालय सुचारु हुने समय सम्म धर्य गरिदिन पनि अनुरोध गरेका छन् ।

हिमालय एअर लाइन्सले आफ्नो  शुरुवाती उडानदेखि अहिलेको समयसम्म साउदी अरवदेखि नेपाल सफल सिधा उडान भर्दै आईरहेको थियो । अहिले  चार्टड उडानको रुपमा  साउदी देखि नेपाल उडान भरि रहेको छ । आशा गरौ अब पनि  पुन  पहिलाको अनुरुपमा सेवा  प्रदान हुनेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::