दुई महिनापछि वुहानमा बढ्यो संक्रमण, फेरि लकडाउन

सोमवार, बैशाख २९, २०७७

दुई महिनापछि वुहानमा बढ्यो संक्रमण, फेरि लकडाउन

कोरोना भाइरसबाट एघार जना संक्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ।

उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा संक्रमण देखिएको थियो। ती सबै संक्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ । ४५ वर्षीया महिलाले आफ्नो श्रीमान् दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन्।

शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ । चीनको वुहान शहरमा स्थानीय संक्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्।

अधिकारीहरूले नयाँ पाँच संक्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्। महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा संक्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो।

वुहान कोरोनाभाइरस संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन्। गत मार्च महिनामा संक्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा संक्रमण भएको पाइएको हो।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::