दुबईमा ९८ लाख चोरेर नेपाल आएका युवकमाथि ७ वर्षपछि मुद्दा दायर

शनिबार, अशोज १०, २०७७

दुबईमा ९८ लाख चोरेर नेपाल आएका युवकमाथि ७ वर्षपछि मुद्दा दायर

आफू काम गर्ने कम्पनीको रकम हराएको भन्दै चोरी गरेर नेपाल ल्याउने एक युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार उनले २०१३ को ४ अप्रिलमा आफ्नो कम्पनीको रकम हिनामिना गरेका थिए । राई वल्र्ड सेक्युरिटी नामक कम्पनीमा मनी ट्रान्सपोर्टरका रूपमा काम गर्दथे । कम्पनीले ६ लाख ३९ हजार ६ सय ७९ दिराम बैंकमा जम्मा गर्न दिएकोमा सो रकम हराएको भन्दै नेपालमा पठाएका थिए।

त्यसको तीन दिनपछि उनी भागेर नेपाल आएका थिए । १५ अप्रिलमा त्यसबारे दुबई प्रहरीले नेपाललाई जानकारी दिएको थियो । उनको पासपोर्ट कम्पनीमै भएकोमा कारोबारका लागि आवश्यक परेको भन्दै निकालेर नेपाल भागेका थिए ।

दुबई प्रहरीले दिएको सूचनाका आधारमा अनुसन्धान गरी ७ वर्षपछि विभागले मुद्दा दायर गरेको हो । ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ बिगो दाबी गरी विभागले राई र उनकी श्रीमती अम्बिकाविरुद्ध मुद्दा दायर गरेको हो । राईले यसअघि ९० लाख ५८ हजार धरौटी राखेकोमा त्यो रकम जफतको मागसमेत गरिएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::