देउवाका अगाडि मोदी झुकेको भन्दै

शुक्रबार, भदौ ९, २०७४

NA Media

देउवाका अगाडि मोदी झुकेको भन्दै

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा एउटा गलत फोटो देखाएर गलत सन्देश दिन खोजिएको छ । त्यो हो, देउवाका अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नमस्कार गर्दै झुकेको तस्विर । तर मोदीले देउवालाई नमस्कार गर्दै झुकेको होइन । शेर बहादुर देउवाकी पत्नी आरजु देउवालाई नमस्कार गरेका हुन् ।

तस्विर लिँदा फोटो पत्रकारले शेर बहादुर पत्नी आरजु देउवाको फोटो काटेर खिचे र कसैले वास्तबिक तस्विरमा आरजु देउवा पछाडी रहेको तस्विर काटेर शेर बहादुर देउवा र मोदीको फोटो मात्रै राखे ।

सँगै राखिएका दुई वटा तस्विरले प्रस्ट बताउँछ । शेर बहादुर देउवाकी पत्नीले नमस्कार गरेकि छन् मोदीलाई र मोदीले उनको नमस्कार फर्काएका हुन् । महिलाले नमस्कार गरेपछि त्यसलाई हार्दिकतापूर्वक फर्काउनु सामान्य हो । जे होस तस्विर काटेर राखिएको वा तस्विर लिँदा पछिल्लो ब्यक्तिको तस्विर काटेर खिचिएको भएपनि मोदी नत देउवासित झुकेका हुन् न त त्यो नमस्कार देउवालाईनै गरेका हुन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::