धुम्रपान छोडेपछि फोक्सो सफा हुन्छ ?

बुधबार, माघ २२, २०७६

धुम्रपान छोडेपछि फोक्सो सफा हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब २ अर्ब मानिसहरुले धुम्रपान गर्छन् ।

धुम्रपान गर्नेहरुमा अन्य मानिसको भन्दा करिब ३० प्रतिशत क्यान्सरको सम्भावना बढी हुन्छ ।धुवामा पाइने कार्सिनोजेनिक कम्पोनेन्टले क्यान्सर गराउन मुख्य भुमिका खेल्ने गर्छ ।

कार्सिनोजेनिक कम्पोनेन्टले फोक्सोमा रहेका कोषभित्रको डीएनएलाई हानी पु¥याएर क्यान्सरको जोखिम बढाउँछ ।प्रत्येक वर्ष करिब १८ लाख मानिसहरुको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गर्छ ।

तर, नेचरमा प्रकाशित एक खोजले फोक्सोको कार्यक्षमता चमत्कारी रहेको देखाएको छ ।

उक्त खोजले धुम्रपानका कारण क्यान्सर गराउने अवस्थामा पुगेका कोषहरुसमेत परिवर्तन वा फेरिएर स्वस्थ्य अवस्थामा आउने जनाएको छ ।अनुसन्धानका क्रममा धुम्रपान छोडेका मानिसको फोक्सोमा भएका कोषहरुले समेत लगभग धुम्रपान नगर्ने मानिसको जस्तै काम गर्न सक्ने पाइएको छ ।त्यस्तै धुम्रपान गर्दै गरेका मानिसको फोक्सोका कोषहरु भने लगभग फोक्सोको क्यान्सर भएका मानिसको कोषजस्तै परिवर्तन हुने अध्ययनले देखाएको छ ।

उक्त खोजमा भनिए अनुसार बालक, वयष्क, धुम्रपान गर्ने, नगर्ने र छोडेकाहरुको सेलमाथि अध्ययन गरिएको थियो ।धुम्रपान गर्ने मानिसको फोक्सोबाट १० हजार आनुवंशिक परिवर्तन भएको कोषसमेत अध्यनको लागि निकालिएको थियो ।धुवाँले फोक्सोको कोषमा यती ठूलो परिवर्तन कसरी गर्छ भन्नेबारे अहिलेसम्म कुनै कारण भने पत्ता लागेको छैन ।

धुम्रपानका कारण कोषको एउटा अंशमात्र परिवर्तन नहुने गरेको अनुसन्धानको क्रममा देखिएको थियो ।कुनै मानिसले धुम्रपान छोडेपछि सोही स्वस्थ्य अंशको तिव्र विकासले बिग्रेका कोषहरु हटेर नयाँ कोष बन्न मद्दत गर्छ ।

सेन्जर इन्स्टिच्युटका डा. पीटर क्याम्पबेलले अनुसन्धानका क्रममा ४० वर्षसम्म धुम्रपान गरेर छोडेका व्याक्तिको बिग्रेका कोषहरु तिव्ररुपले पुनः स्वस्थ्य अवस्थामा फर्किन लागेको भेटिएको बताए ।उनले अनुसन्धानमा फोक्सोमा रहेका श्वासनलीहरुका कोषहरु धुम्रपान छोडेपछि फेरि स्वस्थ्य रुपमा विकास हुने गरेकोसमेत देखिएको बताए ।

त्यस्तै धुम्रपान छोडेपछि व्याक्तिको ४० प्रतिशत कोषहरु जीवनमा कहिलै धुम्रपान नगरेका व्याक्तिका कोषहरु जस्तै बन्ने गर्छन् ।धुम्रपान छोडेपछि व्याक्तिको फोक्सो धेरै हदसम्म सामान्य व्याक्तिको जस्तै काम गर्ने अवस्थामा फर्किने गज्जबको क्षमता रहेको अध्यनकर्ताहरुले जनाएका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::