धुर्मुस सुन्तली साउदीअरब आउँदै, धुर्मुस सुन्तली साँझको तयारी भब्यता साथ हुँदै : (भिडियो सहित)

सोमवार, कार्तिक १३, २०७४

सुरेस राज त्रिपाठी - रियाद व्यूरो प्रमुख

धुर्मुस सुन्तली साउदीअरब आउँदै, धुर्मुस सुन्तली साँझको तयारी भब्यता साथ हुँदै : (भिडियो सहित)

कार्यक्रम स-शुल्क, २५०० देखी ३००० नेपालीको सहभागीता हुने अनुमान

छोटो समयमा नै नेपाली कला क्षेत्रमा र समाज सेवाको क्षेत्रमा आफ्नो नाम अग्रपंङ्तिमा पुर्याउन सफल, नेपालका चर्चित हांस्यकलाकार, देश बिदेशमा रहेका नेपालीहरुको मनमा बस्न सफल जोडी धुर्मुस-सुन्तली (सिताराम कट्टेल र कुन्जना घिमिरे) साउदीअरब आउने भएका छन । आगामी १७ नोभेम्बर २०१७, शुक्रबारका दिन साउदीअरबको राजधानी रियादमा पारिवारिक समाज नेपाल साउदीअरब र सिटि एक्प्रेसको संयुक्त आयोजनामा “धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माण का लागि सहयोगार्थ ” हुन गैरहेको कार्यक्रमको लागि उनिहरु साउदीअरब आउन लागेका हुन । बिभिन्न कारणहरु, समस्याहरुले गर्दा बिगत ५ बर्ष देखी साउदीअरबमा नेपालबाट कलाकार आउन / ल्याउन रोक लगाइएको थियो तर पछील्लो समयमा समस्याहरुमा सुधार भएपछी लामो समयपछी यसरी साउदीअरबमा नेपाली कलाकारहरु आउने भएका छन, त्यसैले गर्दा साउदीअरबमा रहेका नेपालीहरुमा छुट्टै हर्ष, उल्लास छाएको छ ।

पछील्लो समयमा नेपालमा समाज सेवाको क्षेत्रमा निकै अगाडि रहेको यो जोडी देश बिदेशमा रहेका नेपालीहरु माझ अत्यन्तै लोकप्रिय रहेका कारण र साथै उनिहरुलाई ल्याउँदा मनोरन्जनका साथै प्रतक्ष अप्रतक्ष रुपमा उनिहरुले सुरु गरेको सामाजिक कार्यमा पनि सहयोग हुने भएका कारण सबैको रोजाइमा उनिहरुलाई ल्याउन लागेको पारिवारिक समाज नेपाल साउदीअरबका अध्यक्ष अमृत पौडेलले बताउनुभयो । लामो समय पछी साउदीअरबमा सबैको मनमा बस्न सफल चर्चित नेपाली कलाकारहरु / समाजसेबीहरु आउन लागेकोले साउदीअरबमा रहेका नेपालीहरुमा देखिएको खुशी, कौतहलताका आधारमा आँकलन गर्दा ठुलो सहभागीता हुने उच्च सम्भावना रहेकोले त्यही अनुसार भब्य तयारी भैरहेको पारिवारिक समाज नेपाल साउदीअरबका महासचिब अरुण बेल्बासेले बताउनुभयो । यस कार्यक्रमको मुख्य उदेश्य धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माणका लागि सहयोगार्थ रहेकोले कार्यक्रम स-शुल्क भएको र कार्यक्रममा सहभागीताको लागि केही दिन भित्रबाटै टिकट बितरण सुरु हुने पारिवारिक समाज नेपाल साउदीअरबका कोषाध्यक्ष मदन ओडारीले  बताउनुभयो ।

भिडियो

कार्यक्रममा धुर्मुस सुन्तलिको बेजोड प्रस्तुतिको साथमा चर्चित स्थानीय कलाकारहरुको पनि धमाका प्रस्तुती रहनेछ, त्यसैले यो सुबर्ण मौका नगुमाउन र समय मै आफ्नो स्थान सुरक्षित गरी कार्यक्रममा उपस्थित हुन साउदीअरबमा रहेका सम्पूर्ण नेपालीहरुलाई आयोजक टिमले आग्रह गरेको छ र कार्यक्रममा प्रायोजन गर्न इच्छुक ब्यक्ति ,संघ-संस्था ,ब्यापारी ,ब्यवसायी तथा उधोगीहरुले बेलैमा सम्पर्क गर्न पनि आयोजक समुहले जानकारी गराएको छ । साउदीअरबमा चर्चित मिडिया अरबनेपाल डट कम / NA MEDIA यस कार्यक्रमको मिडिया पार्ट्नर रहेको छ ।

कार्यक्रम निम्न मिती, समय र स्थानमा हुनेछ ।

मिति :- १७ नोभेम्बर २०१७

शुक्रबार स्थान :- गसर अल अरब को हल जाबेर रोड,रियाद साउदी अरब

समय :- दिउँसो १ बजे

थप जानकारीको लागि सम्पर्क:

१. अमृत पौडेल : ०५९३८०-३६३०

२. जितेन्द्र थपलिया : ०५६१८७-१७८०

३. हुम सुनारी मगर : ०५०५५७-६७०२

४. अरुण बेल्बासे : ०५९२८९-२२०२

५. मदन ओडारी : ०५५४९५-८१८८

६. पदम पाण्डे : ०५९७५५-५२००

७. तोताराज अधिकारी (अल-खर्च): ०५५६७२-८८५७

८. नारायण घिमिरे (अल – खर्च) : ०५५९३९-५४१५

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::