धेरै बच्चा पाउन हुँदैन भन्दै ‘ढाल’ को प्रचार गर्ने बने ७९ वर्षको उमेरमा तिम्ल्याहा बच्चाको बाउ 

आइतवार, माघ १६, २०७८

धेरै बच्चा पाउन हुँदैन भन्दै ‘ढाल’ को प्रचार गर्ने बने ७९ वर्षको उमेरमा तिम्ल्याहा बच्चाको बाउ 

अरुलाई धेरै बच्चा पाउन हुँदैन, अस्थायी साधन प्रयोग गर भनेर देश देशान्तर घुमेका उनै अमेरिकी नागरिकको पछिल्लो खबरले मानिसको पेशा र व्यक्तिगत आचरण तथा इच्छासँग कुनै सम्बन्ध नहुने प्रमाणित भएको छ ।

विशेषगरी नेपाल र एसियाली मुलुकहरुमा बढ्दै गएको जनसंख्या नियन्त्रण गर्न अमेरिकी सरकारको सहयोगमा चार दशक अघिदेखि परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रचार थालिएको हो ।

नेपालमा सीआरएस कम्पनीको स्थापना गरेर उक्त साधनलाई बोलिचालीको भाषामा प्रख्यात ‘ढाल’ नाम दिइयो ।सरकारले सित्तैं बाँड्ने गरेको उक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न शहर र बजारका पुरुषलेसमेत नजानेपछि गाउँका अरु पनि हच्किने नै भए ।

विज्ञको रुपमा एक जना अमेरिकी त्यतिबेला जनचेतना फैलाउनमा खुब खटेका थिए ।पछिल्ला दिन उक्त साधनको उपलब्धता बजार, गाउँ सर्वत्र सर्वसुलभ भएपछि अमेरिकी विज्ञहरु स्वदेश फर्किएका थिए ।

कन्डम को प्रचारमा खटिएका अमेरिकी नागरिक ले  ७९ वर्षको उमेरमा थाई श्रीमती मार्फत  तिम्ल्याहा बच्चा को बाउ बनेका छन । उनकी पहिलेकी श्रीमतीबाट दुई छोरा छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::