नक्कली इमेल खोलेर आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

शुक्रबार, पुस ३, २०७७

नक्कली इमेल खोलेर आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

नक्कली इमेल आईडीबाट आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् । चिनेकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने सुमन रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय रेग्मी पक्राउ परेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

रेग्मीले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो ।

पुर्जी लिएपछि रेग्मी पक्राउ परेका हुन् । रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे ।

पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::