नयाँ तेल होइन डेटाः फेसबुक

शुक्रबार, भदौ २७, २०७६

नयाँ तेल होइन डेटाः फेसबुक

भारतका सर्वाधिक धनी अर्बपति मुकेश अम्बानीले टेक्नोलोजि क्षेत्रको डेटालाई नयाँ तेल भनेपछि फेसबुकले डेटा नयाँ तेल नभएको भनी प्रतिवाद गरेको छ । भारतले सीमापार तेल पठाएजस्तै डेटा त्यस्तो वस्तु नभएको फेसबुकका उपाध्यक्ष निक क्लेगले बताएका छन् ।

तेलजस्तै यसलाई भण्डारण गरी राख्ने र आवश्यकता परेको बेला महँगो दाममा बेच्न जस्तै निश्चित वस्तु नभएको उनले जनाए । “डेटाको साझेदारी गर्नु राष्ट्रिय सुरक्षाका गम्भीर हुन्छ । भारत आफैले पनि गम्भीर अपराध गर्ने र आतंकवादीहरूको पहुँचबाट ठूलो परिमाणको डेटामा रोक लगाए छ,” क्लेगले बताए । भारतले इन्टरनेटको एक नयाँ टेम्पलेट सिर्जना गर्नुपर्ने समेत उनले जनाए ।

रियलाइन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले डेटा नयाँ तेल भनेपछि त्यसको प्रतिवाद गर्दै फेसबुकका उपाध्यक्ष केगले यस्तो बताएका हुन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::