निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकमा बेलायती कम्पनीको लगानी

शुक्रबार, कार्तिक ८, २०७६

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशनमा बेलायती संस्था सीडीसी ग्रुपले लगानी गरेको छ । बेलायतको विकास वित्त संस्था सीडीसीले एक अर्ब ३५ करोड (१२ करोड डलर) बराबरको लगानी गरेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

सीडीसीको लगानीले वर्ल्डलिंकलाई नेपालभरि महत्वाकांक्षी इन्टरनेट सेवा विस्तार गर्न र दुर्गम क्षेत्रमा हजारौं घरपरिवार तथा सानाउद्यमीहरुलाई इन्टरनेटमा जोड्न सहयोग पुग्ने वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताए ।

वर्ल्डलिंकले आफू नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक संस्था भएको दाबी गर्दै आठ हजार किलोमिटर फाइबर बिछ्याई दुर्गम छत्रकोटगाउँपालिका अर्घाखाँची, रुरु गाउँपालिका गुल्मीसम्म पुग्नुका साथै कर्णालीमा समेत सेवा विस्तार गरेको बताएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::