निश्चल र स्वस्तिमाले भए आदर्श दम्पत्ति

शुक्रबार, साउन १७, २०७६

निश्चल र स्वस्तिमाले भए आदर्श दम्पत्ति

साउन १७ - नायक तथा निर्देशक निश्चल बस्नेत र नायिका तथा मोडल स्वस्तिमा खड्का आदर्श दम्पत्तिबाट सम्मानित भएका छन् ।

बिहिबार ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले आयोजना गरेको ललितपुरको जावलाखेलमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ मा उनीहरुलाई ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित गरिएकाे हो ।

‘तीज माइती मेला तथा सम्मान २०७६’को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा पुगेका निश्चल र स्वस्तिमालाई आयोजकले फूलको गुच्छा प्रदान गदान गरी स्वागत गरिएकाे थियाेभ ने  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उनीहरूलाई आदर्श दम्पत्तिको सम्मान प्रदान गरेका थिए ।

हाल ‘हजार जुनी सम्म’को रिलिजकाे तयारीमा व्यस्त रहेकी नायिका स्वस्तिमा ‘आदर्श दम्पत्ति सम्मान–२०७६’ बाट सम्मानित भएपछी निकै हर्षित भएकी थिईन् । केही बर्ष अघी मात्र बिवाह बन्धनमा बाँधिएका यी जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि निकै लाेकप्रिय बन्न सफल भएका छन् ।

ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरको सहकार्यमा आयोजना गरिएको यस तिज मेला साउन १८ सम्म लाग्ने यस मेलाकी आयोजक मिना न्यौपाने रिमालले जानकारी दिएकी छिन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::