नेपालको टोकियो ओलम्पिक यात्रा सकियो

शुक्रबार, साउन १५, २०७८

नेपालको टोकियो ओलम्पिक यात्रा  सकियो

खेलाडी प्रारम्भिक चरणमै बाहिरिए....
नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो ।
नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती अन्तिमबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागी थिए ।
सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सक्नुभएन । उहाँले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गर्नुभयो । पुछारमा पर्नुभएकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाउनुभयो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::