नेपालमा छुट्टी जानुभएको छ? नआत्तिनुस, साउदी सरकारले भिषाको म्याद ३ महिना थप गर्ने- दुतावास

आइतवार, चैत्र ९, २०७६

एन ए मिडिया न्युज डेस्क

नेपालमा छुट्टी जानुभएको छ? नआत्तिनुस, साउदी सरकारले भिषाको म्याद ३ महिना थप गर्ने- दुतावास

दम्माम, साउदी अरब।

बिश्वलाई नै आतंकित बनाई रहेको कोभिड-१९ कोरोना भाईरसका कारण साउदी अरबमा पनि यस्को संक्रमण दिनानु दिन बढ्दै गएको छ। आज मात्र थप ११९ नया संक्रमित भेटिएको छ भने साउदी अरबमा कोरोना संक्रमितको संख्या ५११ पुगेको छ।

नेपाली दुतावास रियादले साउदी अरबमा कार्यरत नेपालीहरु लाई संयमित र सुरक्षित हुनको लागी साथै यस भाईरसका कारण पर्न गएको असुबिधा तथा त्यसको समाधानको बारेमा पटक पटक आफ्नो आधिकारीक फेशबुक पेज मार्फत सावधानी तथा सुचना मुलक बिज्ञप्तीहरु निकालिरहेको छ।

नेपाली दुतावास रियादले हिजो २१ तारिक शुक्रबारका दिन निकालेको बिज्ञप्तिका अनुसार नेपालमा छुट्टीमा गएका नेपालीहरु भिषा सकियो भनेर आत्तिनु पर्ने छैन। साउदी सरकारले Exit- Re-Entry लागेर छुट्टी गएका सबै आप्रवाशीहरुको भिषा अबधि ३ महिनाको लागी नि:शुल्क म्याद थप हुने बताईएको छ।

नेपाली दुतावास रियाद बाट प्रेसित बिज्ञप्ती

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::