
शुक्रबार, साउन १५, २०७८
नेपालमा कोरोना भाइरस विरुद्धको ८२ लाख बढी खोप भित्रिएको छ । विभिन्न देशबाट खरिद र अनुदानमा गरी अहिलेसम्म ८२ लाख ८२ हजार डोज खोप नेपाल आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरोसेल खोप खरिद गरिएको ४० लाख मध्ये २५ लाख आइपुगेको छ । बाँकी आउने क्रममा रहेको छ । १८ लाख डोज खोप अनुदानमा चीनले नेपाललाई दिएको छ ।
यस्तै कोभिसिल्ड खोप कोभ्यास सुविधा अन्तरगत ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । भारतबाट ११ लाख डोज खोप गरिद गरी नेपाल ल्याइएको छ ।
सेरासिक्स इन्टीच्युटबाट खरिद गरेको १० लाख डोज आउने क्रममा रहेको छ । जोनसोन एण्ड जोनसोनको १५ लाख ३४ हजार डोज नेपाल आइपुगेको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया