
बिहिबार, पुस २३, २०७७
सरकार ले नेपालमा बिधुतभार कटौती ईतिहास भई सकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पस्ट पारेको छ ।उर्जा,जलश्रोत तथा सिचाई मन्त्रालय ले उर्जा संकट निबारण गर्ने उदेश्यका साथ २०७२ साल मा अगाढी सारिएको उर्जा संकट निवारण तथा बिधुत बिकास दशकको अबधारणा अनुसार नै काम भएको समेत उल्लेख गरेको छ ।
पछिल्लो दिनमा प्राबिधिक कारण ले भई रहेको बिधुत कटौतीको बिषयलाई लिएर अनाबश्यक प्रचार भए पछी मुख खोल्दै उर्जा मन्त्रालय ले बिभिन्न रणनीति लाई प्रभाबकारी कार्यान्वयन गरिरहेको स्पस्ट पारेको छ। नेपाल बिधुत प्राधिकरणले यहि पुष १७ गते नै बिधुतभार कटौती नहुने स्पस्ट पारिसकेको दोहोर्याउदै ईतिहास भई सकेको बिषयमा अनाबश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालय ले भनेको छ लोडसेडिङ भन्ने बिषय ईतिहासमा अध्ययनको बिषयमा रुपान्तरण भई सकेको छ।
निकट भबिष्यमा उत्पादित बिधुत वितरण,उपभोग,निर्यातको लागि बिध्यमान प्रशारण लाईनको अपर्याप्तता रहेको स्पस्ट पार्दै मन्त्रालय ले उर्जा खेर जाने अवस्थालाइ समेत सम्बोधन गर्ने तर्फ ध्यान दिईएको जनाएको छ। बिधुत वितरण प्रणाली लाई आधुनिक ब्यबस्थित र प्रभावकारी बनाउन भूमिगत बितरण प्रणालीलाई शहरी सौदर्यकरण एवं भूमिगत प्रशारण लाईन बनाउदा पूर्ण ब्यबस्थित मितव्ययी दिगो बनाउने लक्ष्य राखिएको छ ।बिधुत,टेलिफोन इन्टरनेट सिसिक्यामरा लगायत संरचना रहने गरि अगाढी बढाउदा सान्दर्भित र लाभदायक हुन्छ भन्ने साझा सोच रहेको मन्त्रालयको भनाई छ।
मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी परिणाममुखी जनउतर्दायी हुने गरि र कुनै पनि समयमा बिधुत कटौती नहुने गरी आबश्यक ब्यबस्थापन गर्न सरोकार भएका निकाय लाई निर्देशन दिईसकिएको बिज्ञप्तीमा उल्लेख छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया