नेपालमा ४९ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप

सोमवार, पुस १२, २०७८

नेपालमा ४९ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप

नेपालमा हालसम्म १८ वर्षभन्दा माथिको उमेरका ४९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार ४९.८ प्रतिशत नागरिकले पुर्ण मात्रा र ६४.८ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।

सरकारको तथ्याङ्कअनुसार विभिन्न स्रोतहरूबाट नेपालले हालसम्म ३ करोड साढे ५४ लाख मात्राभन्दा बढी खोप प्राप्त गरेको छ। शुक्रबारमात्रै नेपालले कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको छ।

त्यसमध्ये २ करोड २८ लाख ४० हजार भन्दा बढी खोपको मात्रा प्रयोग गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोभिशील्ड, एस्ट्राजेनेका, भेरोसेल, जोन्सन, फाइजर र मोडर्ना खोप उपलब्ध गराइएको छ।

हाल ५७ जिल्लाका १२ देखि १७ वर्षको उमेर सम्मका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप वितरणको अभियान अघि बढाइएको छ। त्यसबाहेक २४ वटा अस्पतालबाट भेरोसेल, कोभिशील्ड, एस्ट्राजेनेका र फाइजर खोप वितरण भइरहेको मन्त्रालयको भनाइ छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::