नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

सोमवार, पुस २६, २०७८

नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७ जनाले पहिलो र १ करोड १० लाख २ हजार ९७६ जनाले दुवै डोज खोप लगाएका हुन् ।

नेपालमा अहिले १८ वर्षमाथिका नागरिकलाइै भेरोसेल र एस्ट्राजेनेका खोप दिइँदैछ भने १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ५७ जिल्लाबाट मोर्डना खोप दिइँदैछ ।

त्यसैगरी विदेश जान लागेका नागरिकहरूका लागि पनि काठमाडौंका चारवटा अस्पतालबाट जोनसन एन्ड जोनसन खोप दिइँदैछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::