नेपालले भन्योः कालापानी हाम्रै भूमी हो,भारतविरुद्ध चौतर्फि आलोचना

बुधबार, कार्तिक २०, २०७६

नेपालले भन्योः कालापानी हाम्रै भूमी हो,भारतविरुद्ध चौतर्फि आलोचना

 भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ। बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग रहेको जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ। नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ।’

नेपाल सरकारले दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय अमान्य हुने बताएको छ।

‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरू बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ रहेको छ’ विज्ञप्तिमा भनिएको छ।

केहि दिनअघिमा मात्र आफ्नो देशको नक्सा जारी गर्दै भारतले कालापानी क्षेत्र आफ्नो रहेको देखाएको थियो। त्यसलगत्तै भारतविरुद्ध नेपालमा चौतर्फि आलोचना भएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::