नेपाली क्रिकेटको भविष्य

आइतवार, चैत्र ४, २०७४

क्षितिज खनाल

नेपाली क्रिकेटको  भविष्य

प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्ना मंत्री र सचिवहरूलाई असधारण समयमा बनेको असधारण सरकारले असधारण कामहरू गर्नुपर्ने बताईरहदा असधाराण समयबाट गुज्रिरहेको नेपाली क्रिकेट पनि असधारण समयको पर्खाइमा छ ।

खेलाडीको मिहिनेत र लगावले पाइरहेको ODI STATUS मा देश एकातर्फ रमाईरहदा अर्कोतर्फ क्यानको विवादले उत्तिकै समस्यामा छ । ICC ले निलम्बनमा पारेको क्यान अझै पनि राजनीतिक हानथापले गर्दा नेपाली क्रिकेटलाई अन्धकारमा पार्दै संकटमा परेको छ ।  क्यानको अभावमा नेपाली क्रिकेटले कस्ता क्षति व्यहोर्नु पर्ने छ त ? यहाँ केहि जानकारी दिन खोजिएको छ ।

१. कुनै पनि देशसंग मैत्रीक प्रतियोगीताहरू खेल्न क्रिकेट  बोर्डको आवश्यकता पर्छ| बोर्ड नभएको खण्डमा र टिमलाई मान्यता दिईराखेको अवस्थामा ICC मा पूर्ण रुपमा निर्भर हुनुपर्ने छ । यसमा ICC सहयोग गर्न सक्छ तर वाध्यकारी हुने छैन ।

२.अहिले नेपालमा क्रिकेटको साख जोगाउन निजी क्षेत्र अग्रसर छन् । सरकारी बोर्डबाट हुनुपर्ने काम निजी क्षेत्रबाट हुनु एकतर्फ आफैमा लज्जास्पद हो भने अर्कोतर्फ अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि सरकार कमजोर हुनु हो जो आफैमा गलत हो ।

३.राष्ट्रिय प्रतियोगिताको क्यालेन्डर नबनेको खण्डमा खेलाडीको आम्दानीको कुनै पककापक्की हुदैन जसले क्रीकेट प्रति लगाव भएका खेलाडीलाई बाध्यतावस क्रिकेटबाट पर धकेल्नेछ ।

४.क्रिकेटको आधिकारिक निकाय नहुदा राष्ट्रिय क्रीकेट स्वत कमजोर हुनेछ जसले राष्ट्रिय टोलीलाई समेत कमजोर तुल्याउनेछ र हाल सम्म प्राप्त गरेका कुनै उपलब्धीको औचित्य रहने छैन ।

कुवेतजस्तो क्रिकेटमा क्रेज नभएको देशले विश्व क्रिकेटकै महान खेलाडी हर्षल गिब्सलाई प्रशिक्षकमा नियुक्त गरेर क्रिकेटमा कत्तिको विकास गर्न चाहिरहेको बताउदा नेपालजस्तो क्रीकेटमय देशले कस्तो कदम छाल्नेछ? प्रधानमन्त्री, मंत्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा अन्य सम्बन्धित निकाय तथा व्यक्तिहरू कत्तिको लगनशील भएर लाग्नेछन ? भौतिक संरचना र खेलाडी विकासमा के सरकार आफै हावी हुनेछ या गर्नेले गरुन हाम्रो के काम भनेर बस्नेछ ? हेर्न बाकी छ.....

जय नेपाली क्रिकेट ...

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::