नेपाली क्लब बहराइन द्वारा अन्तरराष्ट्रिय कलाकार समाज बहराइनलाई आर्थिक सहयोग ।

बुधबार, मंसिर ८, २०७३

बहराईन संबाददाता-NA Media

नेपाली क्लब बहराइन द्वारा अन्तरराष्ट्रिय कलाकार समाज बहराइनलाई आर्थिक सहयोग ।

 नेपाली क्लब बहराइनको सभाहलमा २१ नोभेम्बेर २०१६ का दिन नेपाली क्लब बहराइनको सभाहलमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो हस्तान्तरण कार्यक्रममा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ , महासचिब दिपक गुरुङ , मानार्थ गम गुरुङ , गैर आबासिय नेपाली संघ बहराइनका महासचिब राजकुमार बस्नेत , अन्तरराष्ट्रिय कलाकार समाज बहराइनका अध्यक्ष अशिम महत , तमु समाज बहराइनका अध्यक्ष नरेन्द्र घले , मगर संघ बहराइनका अध्यक्ष श्याम पुन मगर , शितल रेस्टुरेन्टका प्रोपाइटर निमा शेर्पा , गुल्मी दिगाम सेरोफेरोका पत्रकार यमलाल बेलबासे , एनए मिडियाका पत्रकार कृष्ण हमाल , लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
15226494_1339271049416826_293025541_n
    लुलु हाइपर सुपरमार्केटको आयोजनामा २७ अक्टुबर २०१६ दिन दिपावली कार्यक्रम भब्यताका साथ दाना मल शाखामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न देशका संस्कृतिक झल्कने कार्यक्रम रहेको थियो । सो अवसरमा नेपाल र नेपालीको तर्फबाट प्रतिनिधत्व गर्दै नेपाली क्लब बहराइनको समयोजन तथा अन्तरराष्ट्रिय कलाकार बहराइनको बिशेष सहयोग रहेको थियो । सो अवसरमा बहराइनमा कार्यरत नेपाली कलाकारहरुले उक्त कार्यक्रममा देउसी भैलोको साथमा जोडदार प्रस्तुति पर्स्तुत गरेका थिए । उक्त कार्यक्रममा बिशेष सहयोग गर्ने अन्तरराष्ट्रिय कलाकार समाज बहराइनका अध्यक्ष अशिम महत तथा कलाकारहरुले नेपाली क्लब बहराइनलाई दिएको सहयोगको उच्च मुल्यांकन गर्दै नेपाली क्लब बहराइनलाई लुलु हाइपर सुपरमार्केटबाट सौजन्य प्राप्त भएको सम्पूर्ण रकम हस्तान्तरण गरिएको थियो । सो रकम अन्तरराष्ट्रिय कलाकार मंच बहराइनका अध्यक्ष तथा लोक तथा दोहोरि गायक अशिम महतलाई नेपाली क्लब बहराइनका मानार्थ गम गुरुङ , अध्यक्ष कमल श्रेष्ठ , महासचिब दिपक गुरुङ , शितल नेपाली रेस्टुरेन्टका प्रोप्राइटर निमा शेर्पा , मगर संघ बहराइनका अध्यक्ष श्याम पुन मगर , गैर आबासिय नेपाली संघ बहराइनका महासचिब राजकुमार बस्नेतले हस्तान्तरण गर्नु भएको थियो ।
   सहयोग बुझ्दै अशिम महतले नेपाली क्लब बहराइनले अन्तरराष्ट्रिय कलाकार समाज बहराइनका कलाकार भाइबैनीहरुको मुल्यांकन गर्दै गरेको सहयोगप्रति आभार ब्यक्त गर्नु भएको थियो ।
   सोहि अवसरमा बोल्दै नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठले उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न बिशेष सहयोग गर्नु हुने अन्तरराष्ट्रिय कलाकार समाज बहराइन , अध्यक्ष गायक अशिम महत तथा सम्पूर्ण कलाकार भाइबैनीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमलाई उपस्थित भएर सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण बहराइनमा स्थापित विभिन्न राजनैतिक पार्टीका भात्री संघसंगठनहरु , सामाजिक संघसस्थाहरु , क्षेत्रीय जातीय संघसस्थाहरु , कलाकारहरु , पत्रकारहरु , दाजुभाइ तथा दिदिबहिनिहरु , ब्यबसायीहरु ,समाजसेवीहरुलाइ सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::