नेपाली चेली पुष्पाले बङ्गलादेशमा जितिन् म्याराथनमा स्वर्ण

आइतवार, पुस २६, २०७७

नेपाली चेली पुष्पाले बङ्गलादेशमा जितिन् म्याराथनमा स्वर्ण

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रकोम्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्नुभयो । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो हुनुभयो । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गर्नुभएको थियो ।

भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुनुहुन्छ । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चांैथो हुनुभयो । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गर्नुभयो । दौडका क्रममा उहाँलाई चोट लागेपछि दौडमापछि पर्नुभएको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिनुभयो ।

उहाँले १३औँ सागमा भने म्याराथनमा स्वण जित्नु भएको थियो । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो हुनुभयो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::