नेपाली जनप्रगतिशील मोर्चा साउदी ले बिना चेक-जाच गरि कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिएको आरोपमा नेपाली डाक्टरलाई कारबाही

शनिबार, भदौ १३, २०७७

नेपाली जनप्रगतिशील मोर्चा साउदी ले बिना चेक-जाच गरि कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिएको आरोपमा नेपाली डाक्टरलाई कारबाही

नेपाली जनप्रगतिशील मोर्चा साउदीले डा.अनिरुद्र पाठक लाई कारवाहीको चेतावनी दिएको छ । भाद्र १२ गते मोर्चाले विज्ञप्ति मार्फत चेतावनी दिएको हो ।

साउदी अरबको राजधानी रियाद स्थित ढाका मेडिकल सेन्टरमा कार्यरत रहेका डा.पाठक माथी  कोरोनाको कहरका बीच चर्को शुल्क असुलेको र बिना चेकजाँच नक्कली पिसिआर रिपोर्ट दिएको आरोप लगाउदै अध्यक्ष कसम मगर र महासचिव टीकाराम वली (सुरेश) द्वारा हस्ताक्षरित बिज्ञप्ति मा  कारवाही गर्न नेपाल सरकार र नेपाली राजदुतावास साउदीलाई समेत अनुरोध गरेको छ ।

नेपाल सरकार को उद्दार उडान मार्फत नेपाल फर्केका  झपड बहादुर बस्नेत नेपाल पुगिसकेपछी टेलिभिजन को कार्यक्रम मार्फत डा.पाठक माथी गंभिर आरोप लगाएका थिए ।लाखौ नेपालीहरु कार्यरत रहेको साउदी अरबमा कार्यरत औलामा गन्न सकिने चिकित्सकमा डा.पाठक लाई लिईन्छ।कोरोना को संक्रमण उच्च रहदा पाठक ले नेपाली समुदाय को सहयोगमा दुताबास संगको सहकार्यमा सक्रियतापुर्बक कार्य गरेको मानिन्छ,यस्तो अबस्थामा उनीमाथी  लागेको बिना परिक्षण नेगेटिभ रिपोर्ट दिने जस्तो  गम्भीर आरोप ले समग्र प्रणाली को  विश्वसनीयतामा गम्भीर  प्रश्नचिन्ह खडा गरेको छ।आरोप समन्धमा उनको पक्ष बुझ्न सम्पर्क गर्ने प्रयास सफल हुन् सकेन ।

विज्ञप्तिको पूर्ण पाठ यस्तो छ:

कोरोना भाइरस ( Covid 19 )का कारण बिश्वब्यापी महामारी यथावतै छ । यसबाट अछुतो कुनै देश रहन नसकेको अहिलेको परिवेशमा अन्य मुलुकमा भन्दा नेपाली श्रमिकहरुको अवस्था साउदी अरबमा निक्कै नाजुक रहदा श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौ प्रलोभन, समस्या देखाइ पीडितहरु मार्फत मोटो रकम असुली गर्दै प्रत्यक्ष रुपमा जुन दलालिकरण दिनको दुई गुणा रातको चौगुणा बढ्दै गएकोछ यस बिसयमा “नेपाली जनप्रगतिशिल मोर्चा साउदि अरबले गम्भीरतापूर्वक लिएको छ र सम्बन्धित निकायलाई पनि गम्भीर ध्यानाकर्षण गराउदछ ।

उता उद्धारको नाममा आफ्नै देशको सरकारले पुजीवादी दलालिकरणलाई प्रेरणा दिदै एक पीडित बराबर टिकट, होटेल क्वारेन्टाइन गरि झन्डै नेपाली रुपैया दुइलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरण बनाइरहदा यो बिसयलाई फेरबदल गरि पीडितहरुलाइ सरकारी खर्चमा उद्धार गर्नको निम्ति जोडदार मागपनि राख्दछ ।

यता दूतावासले स्वीकृति दिएको साउदि अरबको राजधानी रियाद शहरको बथ्था स्थित ( Dhaka medical center )मा कार्यरत नेपाली डक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुदाहुदै पनि अनेकौ ऋण-धन गरि नेपाल जानलाग्नुभयका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम पर-ब्यक्ति ४८०० रियाल देखि ६४०० रियालसम्म चार्जलिदै बिना चेक-जाच गरि पीडितहरुलाइ कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछी न्युज २४ को ‘इश्यु अफ द डे’ को कार्यक्रम मार्फत सार्बजनिक भयो । यस बिसयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न / गराउन चाहन्छौ ।

यो बिसय एक ब्यक्तिमाथिको मात्रै नभइ समग्रमा सिङ्गो रास्ट्रप्रतिमाथिनै घात रहेको ठहर हामी र हाम्रो मोर्चाले गरेकोछ । यदि यो बिसयलाइ सामान्य ठानी दुताबास ले  खरोरुपमा एक्सन नलिएमा डा.अनिरुद्र पाठकलाइ जस्तोसुकै कार्वाही चाहे भौतिक होस या कानुनी अथवा दुबै गर्नको निमित्त हाम्रो मोर्चाले कुनै कसर बाकी नराख्ने जानकारी दूतावासलाई गर्न चाहन्छौ, अनिरुद्र पाठकको इतिहास हामिले राम्रोसँग बुझेकाछौ उसले पैसाको निमित्त साउदिअरबमा के-कस्तो धन्दा हिजोकोदिनदेखी गर्दै आएकोछ त्योपनी हामिसंग स-प्रमाण सुरक्षीतनै रहेको जानकारी दूतावासलाई गराउन चाहन्छौ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::