नेपाली दुताबास द्वारा दमाममा दुई दिने पासपोर्ट अस्थायी शिबिर संचालन,एनआरएनए साउदी को ब्यबस्थापन,१४६२ जना लाभान्वित

आइतवार, बैशाख १७, २०८०

एन ए मिडिया न्युज डेस्क

नेपाली दुताबास द्वारा दमाममा दुई दिने पासपोर्ट अस्थायी शिबिर संचालन,एनआरएनए साउदी को ब्यबस्थापन,१४६२ जना लाभान्वित

नेपाली दुताबास,रियाद ले साउदी अरब को पुर्बी क्षेत्र स्थित दमाममा दुई दिने पासपोर्ट शिबिर संचालन गरेको छ।अप्रिल २८ र २९ तारिखका दिन आयोजित शिबिरको ब्यबस्थापन एनआरएनए,साउदी अरब ले गरेको थियो।   अस्थाई  शिबिर मार्फत जम्मा १४६२ जना ले सेवा पाएका थिए जसअन्तर्गत  १०२८ जनाको पासपोर्ट फर्म संकलन गरिएको थियो साथै ४३४ जनाको पासपोर्ट वितरण गरिएको थियो। दुई दिने पासपोर्ट अस्थायी शिबिरमा नेपाली दुताबास बाट का. बा.नियोग उप प्रमुख ऋषिराज आचार्य को  नेतृत्वमा द्वितीय सचीव  भुपेन्द्र प्रसाद घिमिरे,सहचारी कमल कुवर,पुर्ब क्षेत्र जन सम्पर्क अधिकारी नारायण पासवान,स्थानीय कर्मचारी  कर्मचारी अब्दुर रहिम,दूतावासका कर्मचारीहरु हेमन्त शंकर, डेबिट महर्जन,अब्दुस राई,अजय दङ्गाल लगायतको उपस्थिति रहेको थियो साथै ब्यबस्थापकीय जिम्मेवारी लिएको एनआरएनए साउदीको तर्फ बाट अध्यक्ष डमर कुमार यादवको नेतृत्वमा आइ सि सि महिला उपाध्यक्ष यास्मिन बेगम सैयद,मध्यपुर्ब संयोजक राजेन्द्र अर्याल,संरक्षक राजु सैयद, ओम घले, बिरेन्द्र चौधरी, बरिष्ट  उपाध्यक्ष रबिना अर्याल,महासचिव उमेश भट्टराई,प्रबक्ता शुक्र मोक्तान,प्रमुख सल्लाहकार  तेज थापा,आरसिसि पुर्बी क्षेत्र अध्यक्ष बिष्णु भण्डारी,एलसीसी दमाम का अध्यक्ष हरि थापा,जुबेलका अध्यक्ष कसिंद्र पासवान लगायत अन्य सदस्यहरु को उपश्तिती रहेको थियो। शिबिर लाई सफल पार्न जनजाती महासंघ,साउदी अरबका अध्यक्ष खेम गुरुङ,हेल्प मधेसी साउदी अरबका अध्यक्ष राम दुलार मण्डल,जन प्रगतिशिल मन्चका का.बा अध्यक्ष रामचन्द्र बाग्ले,पानसका अध्यक्ष कुमार हुमगाई,कुमाल समाजका ओम कुमाल,दमाम भेट्रान फुटबल क्लब का पासांग शेर्पा  लगायतका को समेत सक्रिय सहभागिता रहेको थियो । एन ए मिडिया संग कुराकानी गर्दै एनआरएनए,साउदी अरबका अध्यक्ष डम्बर यादब ले   पुर्बी क्षेत्रबाट पासपोर्ट फार्म भर्न रियाद जादा आउँदा र फार्म भर्दा धेरै सास्ती र यातायात वापत ठुलो धनराशि खर्चिनुका साथै कतिपय कम्पनीले गैह्रहाजिर बापत तलब पनि काट्ने गरेको गुनासो रहेको र यस  बिषयमा गैर आबासिय नेपाली संघ साउदी अरबको गम्भीर ध्यानाकर्षण भै नेपाली राजदुतावास सङ्ग पटकपटक को  छलफल पश्चात् ई-पासपोर्ट जारी भए यता पहिलोपटक दमाममा शिबिर सन्चालन भएको जनाए साथै सेवाग्राहीहरु हितोपदेश आगामी दिनमा समेत अस्थाई शिबिर संचालन गर्न आग्रह गरिएको र हुने बिश्वास लिएको जनाए। नेपाल सरकार ले एमआरपी पासपोर्ट को सट्टा ई-पासपोर्ट जारी गर्न सुरु गरेपछि पछिल्लो समय दुताबासमा पासपोर्ट नबिकरण को लागी सेवाग्राहीहरु को अत्याधिक चाप देखिएको थियो साथै  पासपोर्ट नबिकरण को लागी नेपाली दुताबास,रियाद मा स्वयम् सेवाग्राही पुग्ने पर्ने अवस्था रहेकोमा नेपालीहरु को संख्यात्मक रुपमा सघन उपस्थिति रहेको पुर्बी क्षेत्रमा दुताबासको शिबिर संचालन ले सेवाग्राही ले ठुलो राहत पाएको थियो।        

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::