
बिहिबार, अशोज २९, २०७७
श्री कृष्ण श्रेष्ठ 'धौबजी'
नेपाली दुताबास रियादमा कार्यरत कर्मचारी ले कोरोना भाईरस माहामारीका बीच नेपाली श्रमिकहरु बाट लाखौ रुपैया ठगी गरेको तथ्य बाहिरिएको छ। ति कर्मचारीलाई दुताबास ले नेपाल फिर्ता पठाईएको समेत बुझिन आएको छ। पिडित श्रमिकहरुसंग उठईएको रकम प्रबासी नेपाली एकता मंच को पहलमा फिर्ता गराईएको थियो मंच ले तत्काल कारबाही गर्न दुताबास मा पत्राचार समेत गरेको थियो।
नेपाली दुताबास रियादमा कार्यरत रहेका बिमलेश कुमार मिश्र ले दमाम स्थित अज्मेल कम्पनीमा कार्यरत रहेका नेपालीहरु वाट करिब ३ लाख रुपैया ठगि गरेका थिए।निकै लामो समय देखि सो कम्पनीमा कार्यरत रहेका नेपालीहरु समस्यामा रहेको र कोरोना भाईरसको महामारीका बीच एक्जीत भिषा लगाईदिने तथा चार्टर फ्लाईटमा जगाह दिलाईदिने प्रलोभन देखाई ३० जना बाट जनही साउदी रियाल ३०० का हिसाब ले रकम घुस लिएका थिए।
कोरोना को कारण ले सृजित विषम अवस्थामा समेत पहिल्यै समस्यामा परेका नेपालीहरु लाई ठग्न पछी नपरेका नेपाली दुताबासका कर्मचारी बिमलेश कुमार मिश्रको कालो कर्तुत को जानकारी श्रमिकहरु ले प्रबासी नेपाली एकता मंचमा जानकारी दिए पश्चात केन्द्रीय सदस्यहरु राम चन्द्र वाग्ले,रमेश अधिकारी र अज्मेल कम्पनीका पूर्व कर्मचारी समेत रहेका हरि बुढाथोकी लगायत ले मजदुर बाट उठाईएको रकम पुर्याउने कार्य गर्ने दिनेश राय लाई रंगेहात समाई रकम फिर्ता लिई मजदुरहरु लाई फिर्ता गराईएको थियो । समेत को ठगीको जालमा पर्ने अधिकांश नेपालका तराई/मधेश मूलका रहेका छन।
एनए मिडिया ले दुषित मनसाय ले कुत्सित कार्य गर्ने कर्मचारीको बारेमा नेपाली दुताबासमा बुझ्न खोज्दा नेपाली दुताबास का नियोग उपप्रमुख दिलिप प्र पौडेल ले कुटनीतिक आचरण बिपरितको कार्य गरेको ले एक महिना पहिला एकजना कर्मचारी लाई नेपाल फिर्ता पठाएको जनाए ।
नियोग उपप्रमुख दिलिप प्र पौडेल को जवाफ,
Namaskar sir
Yes we have sent one staff back as we found him not as per the desperate requirement and the sensitivity of this Labour intensive mission almost a month ago.
नेपाली श्रमिकहरु लाई ठग्न बाट बचाउन भूमिका खेल्ने रामचन्द्र वाग्ले का अनुसार प्रबासी नेपाली एकता मंच का सचिब राजु खनाल ले ५ सेप्टेम्बर मा ठगि गर्नेहरु लाई उचित कार्यबाही सहित कारबाही गरि पाउ भनि पत्राचार गरेको,सो पत्रको आधारमा कारबाही स्वरूप नेपाल पठाउने कार्य पनि भएको बुझिएको तर दुताबास ले आधिकारिक जानकारी नदिएकोमा गुनासो रहेको जनाए ।ठगि कार्यमा संलग्न निज मिश्र लाई उचित कार्यबाही गर्नु पर्ने मा उनको जोड थियो ।गुप्चुप रुपमा केश सामसुम पार्दा अनेकन शंका उब्जिएको समेत उनले जनाए।
नेपाली दुताबास का कर्मचारी बिमलेश कुमार मिश्रको ठगीको जालोमा परेर उम्केकाहरु नेपाल पुगी सकेका छन।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया