नेपाली दुतावास रियाद साउदी अरव तथा गैर आवासीय नेपाली संघ को समन्वयमा पूर्वी क्षेत्र दमाममा गरिएको राहदानी शिविरको पहिलो दिन सम्पन्न

शुक्रबार, कार्तिक २६, २०७८

नेपाली दुतावास रियाद साउदी अरव तथा गैर आवासीय नेपाली संघ को समन्वयमा पूर्वी क्षेत्र दमाममा गरिएको राहदानी शिविरको पहिलो दिन सम्पन्न

नेपाली दुतावास साउदी अरव तथा गैर आवासीय नेपाली संघ साउदी अरवको  समन्वयमा आयोजना गरिएको  राहदानी नवीकरण तथा नबिकरण भै आएका राहदानी वितरण शिविरको पहिलो दिन सम्पन्न भएको छ ।

साउदी अरवको पूर्वी क्षेत्रमा पर्ने  शहर दमाम ९१ फैसलियाको रेस्ट हाउसमा आयोजना गरिएको उक्त शिविरबाट ११५० नेपाली मजदुर प्रत्यक्ष लाभान्वित भएका छन् जसमा ७०० राहदानी वितरण गरिएको तथा ४५० आवेदन आज पहिलो दिन नविकरणको लागि बुझिएको  शिविरमा उपस्थित दुतावासका प्रथम सचिव ऋषि आचार्यले एन ए मिडियालाई  जानकारी गराएका छन्  । साथै भोलि शनिवार पनि बाकी रहेका आबेदन तथा वितरण गर्न बाकि रहेका राहदानी सोही स्थानमा आवेदन लिने तथा वितरण हुने पनि जानकारी गराएका  छन्  ।

उक्त शिविरमा दुतावासको तर्फबाट प्रथम सचिव ऋषि आचार्य , दुतावास प्रतिनिधि सरोज अधिकारी ,हेमन्त शंकर आचार्य,अद्भुल राई तथा दुतावासका पूर्वी क्षेत्र प्रतिनिधि नारायण पासवानको उपस्थिति रहेको थियो । बिहान ८ बजे देखि संचालन भएको शिविर राती ८:३० बजे सम्म खटेर बिहान वितरण गरेका नवीकरण आवेदनको ४५० कुप्पन पूर्ण रुपमा समाप्त गरेका  थिए ।

शिविरमा गैर आवासीय नेपाली संघ साउदी अरवले शिविर स्थलको आर्थिक देखि ,स्वयम् सेवक परिचालन तथा त्यहा आवस्यक सम्पूर्ण आवस्यकताको जोहो गरेको एन आर एन ए साउदीका अध्यक्ष डम्मर यादवले  एन ए  मिडियालाई जानकारी गराएका थिए । र उनीले थपे यो सबै नेपाली श्रमिकहरुको समय ,समस्या तथा आर्थिक सहजताको लागि गैर आवासीय नेपाली संघले दुतावाससँग समन्वय गरि स्थानीय निकायमा नै आयोजना गरेको हो ।

गैर आवासीय नेपाले संघको तर्फबाट स्वयम् सेवकमा अध्यक्ष डम्मर यादव,मध्य पुर्व सह संयोजक राजेन्द्र अर्याल , हिक्मत गुरुङ , पदम महत ,पूर्ण सुनार , रविन थूलुग राई , राम दुलाल यादव, प्रमोद मण्डल, बब्लु शाह, शुक्र मोक्तान, देव नारायण चौधरी, राज श्रेष्ठ,सुवास कुमार मण्डल,जीवन लुईटेल, श्याम कुमार महत्व, जीवन कुमार राम,ढल बहादुर थापा,गणेश अर्याल ओम कुमाल ,ओम घले,खेम गुरुङ तमु , राम बहादुर क्षेत्री, गोपाल बस्नेत,दिपक खाण ठकुरी रहेका थिए भने मिडियाको भूमिकामा एन ए मिडिया रहेको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::