नेपाली दुतावास रियाध साउदीअरव र एन.आर.एन.ए साउदीअरवको समन्वयमा लगातार तेस्रो हप्ता राहादानी नवीकरण अस्थायी शिविर सम्पन्न

शुक्रबार, पुस १०, २०७७

बाल कृष्ण पंगेनी

नेपाली दुतावास रियाध साउदीअरव र एन.आर.एन.ए साउदीअरवको समन्वयमा लगातार तेस्रो हप्ता राहादानी नवीकरण अस्थायी शिविर सम्पन्न

कोभिड-१९ को प्राभाव संगै नेपाली दुतावास साउदी अरवले नेपाली समुदाय दुतावास सम्म पुग्न नसक्ने अहसज परिस्थितिलाई मध्य नजर गरि ल्याएको योजना अनुरुप साउदी अरवका सबै क्षेत्रका स्थानीय स्तरमा नै पुगी नेपाल दुतावास रियाद साउदी अरव र गैर आवासीय नेपाली संघ (NRNA) को सहकार्यमा राहदानी नविकरण अस्थायी शिविरको आयोजाना भई रहेको छ । 
सोही अनुरुप आज साउदी अरवको पूर्वी क्षेत्रको दमाम स्थित अल ख्याम रेस्टुरेन्टमा तेस्रो हप्ताको राहादानी नवीकरण अस्थायी शिबिर  सम्पन्न भएको छ । यस अघि जुवेल र सोही स्थानमा पनि  शिविर संचालन भैसकेको थियो । पहिलो हप्ता दमामबाट १४६ जना , दोस्रो हप्ता जुबेलाबाट १८६ जना र आज २५ डिसेम्बर २०२० को दिन १३९ जना नेपाली राहदानी वाहक लाभान्वित भएको दुतावासका तृतीय सचिव बल राम पाण्डेले एन ए मिडियालाई जानाकारी गराउनु भएको हो ।
 
उक्त शिविरमा दुतावासका तर्फबाट तृतीय सचिव बल राम पाण्डे , दुतावासका प्रतिनिधि सरोज अधिकारी र दुतावासका पूर्वी क्षेत्रका प्रतिनिधि हरि घिमिरेको उपस्थित रहेको थियो भने स्वयम् सेवकको रुपमा गैर आवासीय नेपाली संघका अध्यक्ष तेज थापा , आई सी सी सदस्य तथा मध्य पूर्वका उप-संयोजक राजेन्द्र अर्याल , संरक्षक राजु सैयद, उपाध्यक्ष रोशन कुमार श्रेष्ठ , सल्लाहकार डम्बर यादव, सदस्यहरु पदम महत, ओम कुमाल, पूर्ण बिस्वकर्मा,विजय बस्नेत लगाएत एन ए मिडियाका मिडिया कर्मी ढल थापाको उपस्थित रहेको थियो ।
 
आगामी  हप्ता नविकरणको अस्थायी शिबिर अल-हासा क्षेत्रमा हुने जानाकारी पनि दुतावासका पूर्वी क्षेत्रका प्रतिनिधि हरि घिमिरेले एन ए मिडियालाई गराउनु भएको थियो । वहाका अनुसार पासपोर्ट बनाउन आउनु हुने सम्पूर्ण बाहकले आफ्नो नागरीकताको कपी ,पासपोर्टको कपी र दस्तुर सुचनामा दिईएको अनुरुप लिई समयमा १०/१० जनाको टिम बनाई दुतावासको पेज अथवा एन आर एन ए साउदीको सुचनामा दिईएको समय र स्थानमा अनिवार्य माक्स लगाई सामाजिक दुरी कायम सहित उपस्थित भई आफ्नो तहबाट सहयोग गरिदिन सम्पूर्णमा अनुरोध पनि गर्नु भएको थियो ।
एन आर एन को आउट रेज योजना अन्तर्गतको यो राहदानी नवीकरण शिविर रहेको हुदा उक्त  शिविर अल्कासीम, हाईल लगाएत  अन्य नेपालीहरुलाई पाएक पर्ने स्थानमा  पनि लगातार हुने र आज साउदी अरवको जिजान प्रान्तमा पनि शिबिर चलिरहेको र उक्त शिविरमा सस्थाका का.वा. सचिव लाल बहादुर थापा मगर सहितको टिमले स्वयम् सेवकको भूमिका निभाईरहेको पनि सस्थाका अध्यक्ष थापाले जानाकारी गराउनु भएको थियो  ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::