नेपाली महिलाको उद्वारका सम्बन्धमा हेलो सरकारमा परेको उजुरी प्रति नेपाली दुतावास रियादको खण्डन, तथ्यहिन बिषयमा उजुरी नगरिदिन दुतावासको अनुरोध

मङ्लबार, माघ ७, २०७६

एन ए मिडीया न्युज डेस्क

नेपाली महिलाको उद्वारका सम्बन्धमा हेलो सरकारमा परेको उजुरी प्रति नेपाली दुतावास रियादको खण्डन, तथ्यहिन बिषयमा उजुरी नगरिदिन दुतावासको अनुरोध

दम्माम, साउदी अरब।

निश्चल दहाल नाम भएका व्यक्तिले नेपाल सरकारको हेलो सरकारमा साउदी अरबमा विगत नौ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिला को उद्धारमा नेपाली राजदूतावासले ढीला सुस्ती गरेको भनेर ट्वीटरमा दिएको उजुरी सम्बन्धमा नेपाली दुतावास रियाादले प्रेस बिज्ञप्ति जारी गर्दै उक्त उजुरीको खण्डन गरेको छ। साथै यस्ता तथ्यहिन बिषयमा उजुरीहरु नगरिदिन दुतावासले सोही बिज्ञप्ति मार्फत अनुरोध गरेको छ।

उक्त बिज्ञप्तिका अनुसार निज पिडीत महिला कुनै 'समाजिक अभियन्ता'को प्रयासले राजदूतावासमा नआएको तथा राहदानी नवीकरण गर्ने उद्देश्यले वहाँको कफिल (स्पोन्सर/मालिक) ले नेपाली राजदूतावासमा लिई आएका बखत राहदानीको फारम भराउनुपूर्व उपलब्ध कागजातमा शंका भई विविध विषयमा सोधपुछ गर्ने क्रममा नियोगले उनको वास्तविक अवस्थाको जानकारी लिएको र अभिलेख गरेको साथै उनलाई एजेन्टले फोटो परिवर्तन गरेको राहदानी दिई गलत बाटोबाट साउदी पठाइएको जनाईएको छ।

राहदानीमा उल्लेखित नाम पनि उनलाई थाहा थिएन साथै आफ्नो घर ठेगाना,परिवारका सदस्य लगायतका विषयमा समेत राम्ररी बताउन उक्त महिलाले सकेकी थिईनन।

 प्रेस बिज्ञप्ति: 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::