
बुधबार, माघ १९, २०७३
कृष्ण हमाल ठकुरी
अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB) को आयोजनामा भएको महिला भलिबलमा प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्न सफल भएको छन । महिला बिश्व भलिबल चाम्पियनशिप अन्तर्गत एशियाली सेन्ट्रल जोन छनौट प्रतियोगितामा नेपाल इरानसंघ पराजित भए पनि निकै साहसिक खेल प्रदर्शन गर्न सफल भएका छन ।
एसियाली सेन्ट्रल जोन छनोट खेलमा पहिलो दिनको खेलमा आयोजक माल्दिभ्स बिरुद्ध सोझो सेटमा नेपालले पहिलो सेट २५ - १७ , दोस्रो सेट २५ - १७ ,तेस्रो सेट २५ - १३ ले आफ्नो पोल्टामा जित नेपालको हातमा नेपालको शानदार जीत हात परेर इतिहास रचेको छ । एसियाली जोन छनोट खेलमा दोस्रो दिनको खेलमा निकै बलियो दाबेदार इरानसंघ नेपालले कडा टक्कर दिएर पहिलो सेट २५- १२ , दोस्रो सेट २५ - १२ , तेस्रो सेट २५ - १२ को सोझो सेटमा ईरानले जित आफ्नो कब्जामा पार्यो ।
एसियाली सेन्ट्रल जोन छनोट खेलमा नेपाली भलिबल टिममा क्रमश: टिम क्याप्टेन बिनिता बुढाथोकी टिम ,मन्जु गुरुङ ,सरस्वती चौधरी ,नेबिका चौधरी ,रेस्मा भण्डारी ,प्रतिभा माली ,कृपा अधिकारी ,कमला पुन ,अरुना शाही ,कोपिला उप्रेती ,उषा बिस्ट,मनिषा चौधरी सहभागी हुनु भएको थियो ।
नेपाल भलिबल संघहेट कोच ,सुदेश कुमार रिमाल ,असिस्टन कोच सलिना श्रेष्ठ ,टिम म्यानेजर जुनु पुन मगर हुनु हुन्थियो ।
चर्चित भलिबल ओपेन स्पाइकर सरस्वती चौधरीको प्रस्तुतिले सो अन्तरराष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी अन्य राष्ट्रका महिला खेलाडीहरुको माझ छुटै छाप छोडेर नेपाल फर्की सक्नु भएको छ ।
नेपालको एसियाली सेन्ट्रल जोन छनोट खेलमा नेपालको तर्फबाट टिम म्यानेजर जुनु पुन मगरको नेतृत्वमा माल्दिभ्स गएको थियो । नेपालका महिला खेलाडीहरुको प्रदर्शनको कस्तो रह्यो भनि सोधिएको एक प्रश्नमा टिम म्यानेजर जुनु पुन मगरले यो हार हैन धेरै सिक्ने अवसर पनि हो नेपालको लागि भन्दै जति पनि सहभागी नेपाली महिला खेलाडीहरुको प्रदर्शन निकै उत्कृस्ट भएकोले गर्दा सबैलाई धेरै धेरै बधाई तथा धन्यवाद ब्यक्त गर्नु भएको छ । माल्दिभसमा भएको खेलबाट नेपालको भलिबलमा अझै के सुधार गर्नुपर्ने देखिन्छ भन्ने प्रश्नको जवाफमा एनएमिडियाका बहराइन प्रमुख सम्बाददातासंग गम्भीर हुँदै जुनु पुन मगर भन्नु हुन्छ " खेलाडीहरुलाइ अभ्यास गर्नको लागि कुनै ठाउ छैन खेल्ने कुनै पनि पूर्वाधारहरु लगानीको कारण निकै खेल क्षेत्रमा विकास हुन नसकेको प्रतिक्रिया दिनु भएको छ ।
समग्रमा नेपालको एसियाली सेन्ट्रल जोन छनोट खेलमा नेपाली महिला भलिबल टोलिको यो पहिलो सहभागिता भएपनि निकै राम्रो प्रदर्शन रह्यो । टेलिफोन अन्तर्वाता मा आधारित
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया