नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा मृतक राजु सदा को परिवार लाई ने.रु पचास हजार सहयोग घोषणा

शनिबार, असार १३, २०७७

एन.ए मिडिया

नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा मृतक राजु सदा को परिवार लाई ने.रु पचास हजार सहयोग घोषणा

मानबिय सहयोगमा सक्रियता....

साउदी का लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा  क्वारेन्टाइनको क्रम मा अस्पतालमा  मृत्युबरण गरेका राजु सदा को परिवार लाई ने.रु पचास हजार सहयोग गर्ने घोषणा गरेका छन।

एनए मिडिया संग कुराकानी गर्दै राजदुत सिंह ले आफु साउदी अरबमा राजदुत को रुपमा कार्यरत रहुन्जेल पिडित,असहाय,बिमारी लगायतका लाई  प्रत्येक बर्ष ने.रु एक लाख सहयोग गर्ने सार्बजनिक रुपमा घोषणा गरेको आफ्नो बाचा स्मरण गर्दै मृतक राजु सदा को पारिवारिक अवस्था मनन गरि मानबिय हिसाब ले सहयोग राशी घोषणा गरेको जनाएका छन् ।आफ्नो पुर्ख्योली थातथलो पनि प्रदेश नं २,धनुषा जिल्ला, हसपुर् नगरपालिका-२ कठमुल्ला रहेको र मृतक समेत सोहि नगरपालिका वडा-७ निवासी भएको ले उनको मृत्यु पछी उनको परिवारको दुरह आर्थिक अवस्थाका कारण ले पालनपोषण लगायतमा समस्या पर्ने जानकारी र अवस्था बारे आफु स्वयम् पनि जानकार रहेको ले मानबिय नाता ले सहयोग गर्न लागेको बताउदै सिंह ले आफ्नो सानो सहयोग ले केहि भए पनि मद्दत् पुग्ने आशा लिएको जनाए।

छिमेकी मुलुक भारत मा रोजगारी गर्न गएका धनुषा जिल्ला हसपुर् नगरपालिका-७ परसाई स्थायी निवासी साह लकडाउनको समय मा नेपाल फर्किएका थिए र स्थानीय क्वारेन्टाइन मा राखिएका थिए। जहाँ उनि बिरामी थिए उनको उपचार प्रादेशिक अस्पताल जनकपुर् मा हुदै गर्दा उपचारमा लापरवाही हुँदा अस्पतालको बेड मै साहको निधन भएको समाचार बाहिरिएको थियो। उनको निधनमा क्वारेन्टाइन ब्यबस्थापक र अस्पताल प्रशाशन को  चरम लापरबाही भएको तथ्य सहित समाचार  बाहिरिए पछी प्रदेश नं २ सरकार ले छानबिन समिति गठन गरेको छ ।

नेपाली राजदुत को रुपमा साउदी अरबमा कार्यरत रहेका प्रा.डा महेन्द्र सिंह राजपुत ले बिगत मा समेत बिभिन्न अभियान,बिमार व्यक्तिहरु लाई आर्थिक सहयोग गर्दै आएका छन्।  हालै मात्र प्र.म कोरोना सहयोग कोषमा उनले व्यक्तिगत रुपमा ने.रु ६०,६८०(अपेरक्षि साठी हजार छ सय असि) सहयोग गरेका थिए।

एनए मिडिया लाई प्राप्त जानकारी अनुसार उनले दिलबहादुर घर्तिमगर बचाउ अभियानमा ने.रु ३०,०००,प्रेम राई बचाउ अभियान मा ने.रु ३०,०००,बासुरी नाग गुठि,ललितपुर कुसुन्ती लाई ने.रु २५,०००/,आफ्नो पैत्रिक थलो मा बै.रो मृतकको श्राद्धमा ने.रु ४५०००,साउदी बाट उद्दार गरिएका बिरामी धर्मनाथ पासवान को सहयोगार्थ ने.रु १५,००० साथै बिगत लामो समय देखि अचेत अवस्थामा साउदी अरबको हस्पिटल मा रहेका चन्द्रेस्वर मुखिया को सहयोगार्थ ने.रु १५,००० सहयोग गरेका छन।  राजदुत सिंह ले हालै को ३ बर्ष मा  दुई लाख सतरी हजार सहयोगार्थ कार्यमा हातेमालो  गरेको देखिन्छ।

राजदुत को रुपमा क्रियाशील रहंदा आफु कार्यरत  मुलुक  संग कूटनीतिक लगायतका सम्बन्ध बिस्तार गर्ने र त्यहाँ कार्यरत आफ्नो नागरिकको ईतिबृति मा योगदान दिने साथै अभिभावकत्व निर्बाह गर्दै सँरक्षण गर्ने मूल कर्तब्य रहन्छ।  साउदी अरबमा राजदुतको रुपमा प्रा.डा महेन्द्र सिंह राजपुत को समग्र मूल्यांकन  का अनेक पाटा हुन् सक्लान त्यो बेग्लै पाटो हो तर दुखि: पिडितको सहयोगार्थ अगाडी आउने,घोषणा गरे बमोजिम कार्य समेत गर्ने लगायत मानबिय कार्य मा देखाएको सक्रियता लाई समग्र नेपाली समाज ले उदाहरणीय रुपमा लिनु पर्छ,यसर्थ उनि धन्यवाद का पात्र हुन् भन्ने मा सायदै कसैको दुई मत रहला...

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::