नेपाली राजदुत महेन्द्र सिंह राजपुत र साउदी का विदेश राज्यमन्त्रि बिच कुटनितिक बार्ता

बिहिबार, असार २९, २०७४

एन ए मिडिया न्युज डेस्क

नेपाली राजदुत महेन्द्र सिंह राजपुत र साउदी का विदेश राज्यमन्त्रि बिच कुटनितिक बार्ता

साउदी अरबका लागि नेपाली राजदुत प्रो.डा महेन्द्र सिंह राजपुत ले कुटनीतिक भेटघाट लाई तिब्रता दिएका छन।

राजदुत राजपुत र साउदी अरबका विदेश राज्यमन्त्रि डा निजार ओबैद मदानी बिच जुलाई ११ मा औपचारिक बार्ता सम्पन्न भएको हो ।साउदी अरबको जेद्दामा सम्पन्न भेटबार्तामा नेपाली दुताबासका नियोग उपप्रमुख आनन्द प्र शर्मा तथा का.वा महावाणिज्यदूत रेवती रमण पौडेल लगायतको  उपस्थिति रहेको थियो।

भेटबार्तामा राजदुत महेन्द्र सिंह राजपुत नेपाल र साउदी बिच रहेको कुटनीति सम्बन्ध लाई अझ थप उचाईमा पुर्याउन नेपाल सरकार ले बिशेष प्राथामिकतामा राखेको जनाउदै थप नयाँ क्षेत्रको पहिचान गरी अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । राजदुत राजपुत ले आपसी उच्चस्तरीय भ्रमण ले सम्बन्ध थप मजबुत हुने तर्फ जोड दिदा सकारात्मक रुपमा लिदै सो को पहल गर्नु पर्नेमा दुवै पक्ष सहमत भएका थिए। श्रम सम्झौता लगायतका आपसी हित प्रबर्धन गर्ने थप सम्झौताहरु लाई टुंग्याउनु पर्ने मा   बिशेष जोड दिदै राजदुत राजपुत ले बार्तामा नेपाल र नेपालीहरुको सहयोग को लागि साउदी सरकारलाई धन्यबाद ज्ञापन गर्दै बार्तामा महाविनासकारी भूकम्प पश्चातको समयमा साउदी सरकारद्वारा गरिएको सहयोग लाई स्मरण गरेका थिए।

साउदी विदेश राज्य मन्त्रि डा निजार ओबैद मदानी ले साउदी अरबको लागि नवनियुक्त राजदुत प्रो.डा महेन्द्र सिंह राजपुत लाई बधाई दिदै सफल कार्यकालको लागि शुभकामना दिदै साउदी सरकार द्वारा पूर्ण रुपमा सहयोग रहने जनाएका थिए।  सन् १९८४ मा आफ्नो नेपाल भ्रमणको प्रसंग कोटयाउदै मदानी ले नेपाल प्राकृतिक रुपमा निकै सम्पन्न रहेको जनाउदै हाल पाइपलाईनमा रहेको सम्झौताहरु लगायत अन्य परियोजनाहरु समेत पुरा गर्न साउदी सरकार तयार रहेको जनाउदै नेपाली श्रमिकहरुको समस्या समाधान गर्न मिलेर अघि बढ्ने बिचार ब्यक्त गरेको नेपाली दुताबास ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जनाएको छ।

एन.ए मिडिया संग कुरा गर्दै राजदुत महेन्द्र सिंह राजपुत ले नेपाल र साउदी अरब विच हाल रहेको सम्बन्ध लाई बिबिध क्षेत्रमा बिस्तार गर्ने आफ्नो लक्ष्य रहेको जनाउदै साउदि विदेश राज्यमन्त्रि संग को बार्ता निकै फलदायी रहेको जनाएका छन् ।

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::