
सोमवार, असार ३०, २०७६
साउदी सहयोग तथा लगानी,नेपाल भ्रमण बर्ष बिषयमा.....
साउदी अरबका लागि नेपाली राजदुत महामहिम प्रा.डा महेन्द्र सिंह राजपुत र पुर्बी क्षेत्रका गभर्नर हिज हाईनेस प्रिन्स साउद बिन नयफ बिन अब्दुल अजिज अल साउद बीच शिष्टाचार भेटबार्ता भएको छ।मिति २०७६/३/२९ का दिन गभर्नर हाउस दमाममा भेटवार्ता सम्पन्न भएको हो ।
भेटवार्ता मा नेपाली श्रमिक समस्याका केही महत्वपूर्ण विषय र नेपालको उर्जा, पर्यटन तथा भौतिक पूर्वाधारको विकासमा साउदी सरकारको सहयोग र लगानी तथा नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा साउदी अरवबाट जाने पर्यटकहरुको संख्या वृद्बिका उपायहरुका विषयमा कुराकानी भएको र हिज रोयल हाईनेस ज्यु ले साउदी अरवमा रहेका नेपालीहरुले साउदीको विकासमा पु-याएको योगदानको प्रसंशा गर्दै नेपालको विकासमा सहयोग पुर्याउन साउदी सरकार सधैं तयार रहेको बताउनु भएको जनाईएको छ ।
नेपाली दुताबास ले आषाढ ३० का दिन प्रेस बिज्ञप्ती जारी गरि भेटघाटको विवरण जानकारी सार्बजनिक गरेको हो।
पुर्बी क्षेत्रको भ्रमणमा रहेको उपप्रमुख दिलिप कुमार पौडेल समेत संलग्न दुताबासको टोली ले २०७६/३/२६ का दिन साउदी अरवको श्रम तथा सामाजिक विकास मन्त्रालयको पूर्व क्षेत्रीय प्रान्तका लागि दमाम स्थित कार्यालयका जनरल म्यानेजर अब्दुल रहमान फाहाद अलमुक्बेल र अधिकारीहरुसंग भेटगरी पूर्व क्षेत्रमा रहेका नेपाली श्रमिकहरुले केही समय देखि भोग्नुपरेका समस्याहरुका बारेमा कुराकानी गरी समस्याको शीघ्र समाधानमा पहल गर्न आग्रह गरेको जनाईएको छ ।
भेटवार्ता मा पुर्बी क्षेत्र कार्यालय ले नेपालीहरुको समस्या बढी देखिएको कम्पनीका प्रतिनिधिहरु लाई समेत संलग्न गरि बृहद छलफल भएको जनाइएको छ । भेटघाट मा नेपाली श्रमिकहरुको न्यूनतम पारिश्रमिक र सुविधाका सम्बन्धमा नेपाल सरकारले गत वर्ष गरेको निर्णय कार्यान्वयन गर्न सहयोग गर्न समेत महामहिम राजदूतले जनरल म्यानेजर लगायतका सरकारी अधिकारीहरुलाई अनुरोध गरेका थिए ।नेपाली श्रमिकहरुको विद्यमान समस्याहरु समाधान गर्न श्रम तथा सामाजिक विकास मन्त्रालय सधैं कृयाशील रहेको बताउदै जनरल म्यानेजर अब्दुल रहमान फाहाद अलमुक्बेल ले विगत वर्षमा भन्दा यो वर्ष नेपाली श्रमिकहरुका धेरै समस्या समाधान गरिएको बताउदै यसमा थप प्रयास गरिने बताएको जनाइएको छ ।
साउदी अरबमा नेपाली राजदुतको जिम्मेवारी सम्हाल्ने पछी राजदुत महेन्द्र सिंह राजपुत ले कुटनीतिक पहलकदमी लाई मुख्य प्राथामिकतामा राखी उच्चस्तरीय भेटघाट लाई बिशेष महत्व दिएको देखिन्छ। उच्चस्तरीय भेटघाट ले श्रमिक समस्या समाधान मा फलदायी भूमिका खेल्नु का साथै श्रोत र साधनको दृष्टिकोण ले बिश्व कै महत्वपूर्ण मुलुकमा दरिएको साउदी अरब बाट नेपाल ले यथोचित लाभ लिन सक्ने देखिन्छ। दुताबास को कूटनीतिक पहल कदमीको नेपाली समुदाय ले मुत्कंथ ले प्रशंसा गरेको पाइन्छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया