नेपाली साझा मंचद्वारा साउदीमा (कोबिद-१९)को कठिन समयमा नेपाली समुदायलाई सहयोग गर्ने मिडिया,संघसंस्थाहरुलाई डिजिटल सम्मान

बुधबार, अशोज २८, २०७७

एनए मिडिया

नेपाली साझा मंचद्वारा साउदीमा (कोबिद-१९)को कठिन समयमा नेपाली समुदायलाई सहयोग गर्ने मिडिया,संघसंस्थाहरुलाई डिजिटल सम्मान

नेपाली साझा मंच,साउदी अरब ले डिजिटल सम्मान पत्र प्रदान गरेको छ ।मंच ले साउदी अरब मा क्रियाशील संघ संस्थाहरु लगायत मिडिया लाई समेटेर  सम्मान पत्र सार्बजनिक गरेको हो ।

एनए मिडिया संग कुराकानी गर्दै मंचका संयोजक बिष्णु घिमिरे ले बिश्व भर फैलिएको कोभिड १९को महामारीको अवस्थामा साउदी अरबमा नेपाली समुदाय माझ जनचेतना फैलाउन खेलेको भूमिका मनन गरि  मिडियाहरु  र पिडित नेपालीहरुको सहयोगमा देखाएको तदारुकता र मानबिय सहयोगकार्यको उच्च उच्च मुल्यांकन गर्दै बिभिन्न संघ संस्थाहरु लाई सम्मान गरिएको जनाए कोरोना महामारीको विषम परिस्थिति लाई मध्यनजर हाल डिजिटल रुपमा सम्मान पत्र सार्बजनिक गरेको र भबिष्यमा हुने कार्यक्रममा हस्तान्तरण गरिने योजना रहेको जनाए।

संस्थागत रुपमा एनआरएनए ,अन्तर संस्था समन्वय समिति साउदी अरब(आबद्द संघ संस्थाहरु),अन्तर संस्था समन्वय समिति रियाद(आबद्द संघ संस्थाहरु) लगायत एनए मिडिया,पिटी अनलाईन ,सैलुङ अनलाइन ,न्यु अनलाइन खवर,लाल इन्टरटेनमेन्ट,मयुरपाटी परिवार,अन टाईम टी भी लगायत लाई डिजिटल सम्मान पत्र  प्रेषित र सार्बजनिक गरिएको अध्यक्ष घिमिरे ले जनाए  ।

साउदी अरबमा हालका दिनमा  कोरोना संक्रमणको अवस्था सामान्यकृत हुदै गएको छ।कोरोना भाईरसको संक्रमण उच्च रहेको समयमा हजारौ नेपालीहरु संक्रमित भएका थिए भने ८४ जना नेपालीको दुखद  मृत्यु भएको थियो ।कोरोना भाईरस को संक्रमणको उच्च जोखिम रहेको अवस्थामा सामाजिक संघ संस्थाहरुको गतिबिधिमा  स्वाभाविक रुपमा समस्या देखिएको थियो। सो समयमा  सामाजिक संघ संस्थाहरु ले सिमित रुप मै किन नहोस  जोखिम मोलेरै भए पनि पिडितहरुको सहयोगमा हातेमालो गरेका देखिन्थ्यो भने  प्रबिधिको अधिकतम  उपयोग गरि अवस्था सामान्यकृत गर्न भूमिका खेलेका थिए साथै ३ लाख भन्दा बढी नेपालीहरु को कर्मभुमि रहेको साउदी अरबमा सहि सुचना को माध्यम बाट कोरोना संग लड्न उप्रेरणा दिन अथक मेहेनत गरेका थिए ।

नेपाली साझा मंच ले घोषणा र सार्बजनिक गरेको डिजिटल सम्मान पत्र  ले  कठिन समय संग जुझ्दै लागिपर्नेहरु को  उचित मूल्यांकन भएको अर्थमा नेपाली समुदाय ले सकारात्मक रुपमा लिएको देखिन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::